[caption id="attachment_16541" align="alignnone" width="960"]14628205_201673520260506_93860726_n धरानस्थित दन्तकाली मन्दीरमा नेपाली सेनाको काली बक्स गण फ्रुश्रे फुलपाती भित्राउने क्रममा सलामी दिदै । तस्विर सौजन्यः वमबहादुर कार्की[/caption] 14580430_201655723595619_683840581_n 14610840_201673383593853_1468222970_n    धरान /  धरानलगायत ग्रामीण तथा शहरी क्षेत्रमा धार्मिक विधिअनुसार शनिबार फूलपाती भित्र्याइएको छ । बिहान नेपाली सेना काली बक्स गण, सशस्त्र प्रहरी र नेपाल प्रहरीले बाजागाजासहित धरानको दन्तकाली मन्दिरमा सलामी दिँदै पुजाआजा गर्दै फूलपाती भित्राईएको थियो । त्यस्तै यहाँको विभिन्न स्थानमा देवी दुर्गा स्थापना गरिएको स्थलमा समेत हर्षोल्लासपूर्वक फुलपाती भित्र्याइएको हो । यहाँका शक्तिपीठ तथा दुर्गा मन्दिरहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको लाम लागेको छ । उनीहरु बिहानैदेखि धार्मिक विधिअनुसार पुजाआजा सुरु गरेका छन् । 14619900_201655510262307_1069203808_n रौतहटको धरहरीस्थित दुर्गा माई मन्दिरमा ठूलो मेला लागेको छ । यहाँ पुजाआजा गर्न विभिन्न गाउँबाट भक्तजनहरु आएका छन् । त्यस्तै मुडवलवास्थित राजदेवी मन्दिर, सरमुजवास्थित कंकालीमाई मन्दिर, गुजरामाई मन्दिर, चोचास्थित कालीमाई मन्दिर, चन्द्रपुरस्थित घोडहीदेवी मन्दिर, मर्जादपुरस्थित पतोहिया माई, सखुअवास्थित फुलमतमाई लगायत शक्तिपिठहरमा ठूलो मेला लागेको छ । त्यस्तै, यहाँका अधिकांश घरपरिवारमा महिला तथा पुरुष नवरात्री व्रत बसेका छन् । उनीहरु निराहार व्रत बसेका हुन् । घटस्थापनादेखि विजयादशमीसम्म उनीहरु यसरी नै निराहार ब्रत बस्छन् । खासगरी मधेसी समुदायका मानिस पुजाआजा गरेरै दसैं मनाउने परम्परा चली आएको गौरका रामनिवास यादवले बताए । यो अवधीभर रुद्रीपाठ गर्ने परम्परा रही आएको उनले बताए । घटस्थापनादेखि नै जिल्लाको विभिन्न स्थानमा रहेका शक्तिपीठहरुमा पुजाआजा सुरु गरिएको स्थानीयले बताएका छन् । यी शक्तिपीठहरुमा दिनहुँ बिहानैदेखि पुजाआजा गर्नेहरुको लाम लाग्ने गरेको छ । अहिले गौर नगरपालिकामै ११ स्थानभन्दा बढी स्थानमा दुर्गा मण्डप निर्माण गरेर मा14625309_201673396927185_1622731304_nटोको देवी देवताको मूर्ति राखेर पुजाआजा सुरु गरिएको छ । त्यस्तै चन्द्रनिगाहपुर, गरुडा, हजमिनिया, बंकुल, कटहरिया 14628146_201655403595651_1308591920_nलगायत स्थानमा मूर्ति राखेर पुजाआजा सुरु गरिएको स्थानीयले बताए ।