काँग्रेस महासमिति सदस्य राईको निधन
भोजपुर/नेपाली काँग्रेस भोजपुरका महासमिति सदस्य मित्र राईको उपचारका क्रममा निधन भएको छ ।
विगत एक वर्षदेखि फोक्सोको क्यान्सर रोगबाट पीडित राईको उपचारका क्रममा ५४ वर्षको उमरेमा विराटनगरको नोबेल अस्पतालमा मङ्गलबार दिउँसोे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाली काँग्रेसले एउटा कुशल नेतृत्व र विकासप्रेमी व्यक्तित्व गुमाएको भन्दै राईको निधनबाट यतिबेला सिङ्गो नेपाली काँगे्रस भोजपुर शोकमा डुबेको नेपाली काँग्रेसका सचिव कैलाशकुमार आलेले बताए ।
बाल्यकालदेखि नै काँग्रेसमा जीवन व्यतित गरेका राईले हालसम्म दुई कार्यकाल किसान सङ्घको सभापति र १२औँ महाधिवेशनबाट लगातार महासमिति सदस्यको जिम्मेवारी सम्हाल्दै आएको थियो । राईलाई उनको घर होम्ताङ्ग ल्याई आज किराँत परम्पराअनुसार काँग्रेसले पार्टीको झन्डा ओढाएर दाहसंस्कार गर्ने जनाएको छ ।
-रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































