ताप्लेजुङ/लोक वार्ता परिषद नेपालको छैटौँ राष्ट्रिय सम्मेलन आजबाट ताप्लेजुङमा सुरु भएको छ । सम्मेलन ४, ५ र ६ गते सम्म चल्ने सम्मेलनमा देशभरका करीव ५० जना प्राध्यापकहरुको उपस्थिति रहेको र सो सम्मेलनले लोक संस्कृति, बाजा, संकार, ज्ञान र सिपको संरक्षण गर्नका लागि विभिन्न कार्यक्रम तय गर्दै घोषणा पत्र सार्वजनिक गर्ने आयोजक समितिका अध्यक्ष डिल्लिरमण बरालले बताउनुभयो ।
कार्यक्रममा सहभागि प्राध्यापकहरुले नेपाल सरकारको राष्ट्रिय संस्कृति नितिका अबधारणा, एवम् उद्धेश्य, अहिलेको आवस्यकता, चाल्नु पर्ने कदम लागायतका विषयमा आ–आफ्ना विचार राख्ने कार्ययोजना बनाउने तयारी रहेको बताईएको छ ।सम्मेलनमा सहभागिको विचारलाई समेटेर लोकवार्ता नामक पुस्तक प्रकासन गर्ने तयारी रहेको आयोजकले बताएको छ ।