भोजपुर/भोजपुरको षडानन्द नगरपालिकाबाट प्रहरीले एक हजार दरका दुई थान नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा षडानन्द नगरपालिका–४ बस्ने ३० वर्षीय धु्रव दुमिहाङ राई र सोही स्थान बस्ने २९ वर्षीय सन्तोष राई छन् ।उनीहरु एक हजार दरका नक्कली नोट बोकेर गाउँमा रुद्राक्षको दाना खरिद गर्न हिँड्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । उनीहरुको साथबाट घ १०००४००४६ र घ १०००४००६६ नम्बरको दुई थान नोट बरामद भएको छ ।दुबैलाई शुक्रबार जिल्ला प्रहरी कार्यालयबाट खोटा चलन अन्तर्गत मुद्दा दर्ता गरी म्याद थप गरिएको छ ।
नक्कली नोटसहित दुईजना पक्राउ
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































