धरान/स्पेनिस लालिगामा लामो समयदेखि अधिपत्य जमाएका मेसी र रोनाल्टोलाई टप्दै फ्रान्सका एन्टोनी ग्रिजम्यान उत्कृष्ट खेलाडी बनेका छन् ।
एथ्लेटिका म्याड्रिडबाट व्यवसायिक खेल खेलिरहेका ग्रिजम्यानले पाँचपटकको विजेता मेसी र एकपटक रोनाल्डोले जितेको यो अवार्ड यसपटक उनको पोल्टामा गएको हो ।
योसँगै उनीहरुको बर्चश्व तोडिएको छ । २००८/०९ को सिजनबाट सुरु भएको यो अवार्ड २०१३/०१४ मा मात्रै रोनाल्डोले जितेको थियो भने अन्य सिजनका अवार्डहरु मेसीको पोल्टामा पुगेको थियो ।
मेस्सी र रोनाल्डोपछि यो अवार्ड पाउने उनी पहिलो खेलाडी बनेका छन् । उनले गत सिजनमा २२ गोल र पाँच एसिस्ट गर्दै ला लिगामा तेस्रो बनेको थियो ।
बार्सिलोना च्याम्पियन बने पनि ला लिगाको अवार्डमा एथ्लेटिका मड्रिडको बर्चश्व रहेको थियो । उत्कृष्ट डिफेण्डर डिएगो गोडिन, उत्कृष्ट गोलकिपर ओब्लेक र र उत्कृष्ट प्रशिक्षक एथ्लेटिकोकै डिएगो साइमन बने ।