
काठमाण्डाै / व्यवस्थापिका संसदको बैठक अख्तियार प्रमुख लोकमान सिंह कार्की्विरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा नपठाई छठसम्मका लागि स्थगित भएको छ ।
संसदको मंगलबारको बैठकमा कार्की्विरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छलफल सुरु भएको थियो । तर, बैठक झण्डै २ घन्टा मात्र चल्यो र सांसदहरुले बोल्ने क्रम नसकिएको भन्दै महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइएन ।
साथै सभामुख ओनसरी घर्तीले संसद बैठक अब तिहार र छठपछि २५ गते बस्ने गरी स्थगित गरेकी छन् । जबकी तिहारको सार्बजनिक विदा सुरु हुन अझै चार दिन बाँकी छ ।