life careधरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र अनियमित रुपमा विगत ६ वर्षअघिबाट मिलोमतोमा सञ्चालन भइरहेको लाईफ केयर नामको फार्मेसी तत्काल हटाएर सरकारी निर्णयबमोजिम आपैmं फार्मेसी सञ्चालन गर्न सुनसरीका नेताहरुले प्रतिष्ठानसमक्ष माग गरेका छन् । उनीहरुले कानुन मिच्दै मिलोमतोमा झण्डै ४२ करोड रुपैयाँ प्रतिष्ठानलाई नोक्सान पु¥याएको विषय गम्भीर र संवेदनशील भएको बताउँदै सरकारी निकायलाई तत्काल छानविन गर्न र कानुनको पालना गराउनका लागि प्रतिष्ठानका पदाधिकारीलाई दबाव दिन समेत माग गरेका छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रकी केन्द्रीय नेता समेत रहेकी सुनसरी इञ्चार्ज रामकुमारी चौधरीले फार्मेसी सञ्चालक चेतन अग्रवाललाई आप्mनो दलको संरक्षण नरहेको स्पष्ट पारेकी छन् । उनले कानुन मिचेर गरिने कुनैपनि काम र गतिविधि आप्mनो दललाई मान्य नहुने बताउँदै उनले प्रतिष्ठानको फार्मेसीका विषयमा कानुन र सरकारी निर्णयबमोजिम तत्काल गर्न प्रतिष्ठान पदाधिकारीसँग माग गरेकी छिन् । यस्तै एमाले सुनसरीका अध्यक्ष द्वारिकलाल चौधरीले पनि कानुन मिचेर फार्मेसी चलाउन दिने काममा आप्mनो दलको संरक्षण नरहेको स्पष्ट पारेका छन् । उनले प्रतिष्ठान प्रशासनलाई तत्काल कानुन र सरकारी निर्णयबमोजिम आपैmं फार्मेसी चलाउन सुझाव दिएका छन् । यसैगरी नेपाली काङ्ग्रेस सुनसरीका सचिव केदार भण्डारीले ६ वर्षदेखि कानुन मिच्दै सेटिङ मिलाएर फार्मेसी चलाइएको विषयप्रति आप्mनो दलको ध्यानाकर्षण भएको जनाएका छन् । उनले कसैले पनि पावर, पैसा र मसलका भरमा कानुन मिच्न नपाउने बताउँदै लाईफ केयरलाई तत्काल हटाएर प्रतिष्ठानलाई आप्mनो फार्मेसी चलाउन सुझाव दिएका छन् । राजनीतिक दल, सञ्चारमाध्यम र प्रतिष्ठानका पदाधिकारी समेतको सेटिङमा धरानका चर्चित व्यवसायी चेतन अग्रवालले ०६७ सालमै समय सकिएको फार्मेसी अनेक बहाना बनाएर हालसम्म सञ्चालन गरिरहेको प्रतिष्ठानका कर्मचारी र प्रतिष्ठान क्षेत्रमा सञ्चालनमा रहेका फार्मेसी सञ्चालकहरुले आरोप लगाउँदै आएका छन् । सरकारले करीब दुई वर्षअघि नै सरकारी अस्पताल र प्रतिष्ठानहरुले आपैंm फार्मेसी चलाउनुपर्ने निर्देशन दिएको थियो । सरकारी निर्देशनपछि प्रतिष्ठानले पटक–पटक पत्र काट्दै सञ्चालक चेतनलाई फार्मेसी हटाउन भनेपनि उनले बहानाबाजी र सेटिङका भरमा बलजप्mती फार्मेसी चलाउँदै आएका छन् । प्रतिष्ठानले पनि पत्रमात्रै काट्ने तर हटाउन भने बल प्रयोग नगरी झुक्याउँदै आएको छ । राजनीतिक दलका स्थानीय नेता, प्रतिष्ठानका पदाधिकारी र स्थानीय सञ्चारकर्मीसँग निकै नजिकको सम्बन्ध बनाएका चेतनले छ वर्ष अघिबाट यो विषय बाहिरिन नदिएर एकलौटी अनियमित रुपमा फार्मेसी चलाइरहेको प्रतिष्ठान प्रशासनका एक अधिकारीले बताएका छन् । उनी भन्छन्, ‘मिलोमतो र संरक्षण विना छ वर्ष कानुन विपरीत फार्मेसी चलाउन असम्भव नै छ ।’ प्रतिष्ठानले फार्मेसी हटाउन भन्दै पछिल्लोपटक काटेको पत्रको म्याद आगामी कार्तिक–२८ गते सकिँदैछ, तर सञ्चालक चेतन भने बाँकी बक्यौता नमिलाई नछाड्ने तर्क गर्दै थप समय पनि फार्मेसी चलाउने कोशिसमा लागेका छन् । ससाना विषयमा प्रतिष्ठानमा आन्दोलन, बन्द–हड्ताल गर्नेहरु पनि यति ठूलो विषयमा मौनता साँध्दै आएका छन् । अनियमित रुपमा फार्मेसी चलाएर प्रतिष्ठानलाई झण्डै ४२ करोड नोक्सान पारेको विषय सार्वजनिक हुँदा समेत राजनीतिक दलहरुको आधिकारिक धारणा नआएपछि ब्लाष्ट आपैmंले मुख्य दललाई सोधेर धारणा मागेको हो ।