ढुङ्गाले लागेर मृत्यु
म्याग्दी/यहाँका एक मजदुरको ढुङ्गाले लागेर मृत्यु भएको छ ।
नारच्याङ– १ मा निर्माणाधीन मिस्त्रीखोला जलविद्युत् आयोजनामा कार्यरत पाल्पा खालिवन– ५ का ५० वर्षीय भीमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सुरुङ खन्ने क्रममा विस्फोट गराएपछि सफा गर्ने क्रममा अचानक खसेको ढुङ्गाले राईको टाउकामा चोट लागेकामा बेनीस्थित जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको थियो । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































