खाली हात कक्षामा गएका शिक्षकसँग उसको ज्ञान र अनुभव त होला तर शैक्षिक सामग्रीबिना उसको शिक्षण विषयकेन्द्रित नहुन सक्छ ।
शिक्षक तालिममा शिक्षकले प्राप्त गरेको सीपलाई सहीरुपमा प्रयोग गर्ने हो भने शिक्षकले पाठ्यक्रम, पाठ्यपुस्तकबमोजिम दैनिक पाठयोजना बनाएर शैक्षिक सामग्रीसहित कक्षाकोठामा जानुपर्नेमा शिक्षा नियमावली र विद्यालय क्षेत्र सुधार कार्यक्रमले बोलेपनि त्यसको पालना नहुँदा शैक्षिकस्तर खस्केको पाइएको अवस्थामा जिल्लामा ‘एक शिक्षक, एक झोला’ कार्यक्रम अभियानकै रुपमा कार्यान्वयन भएको छ, जसका कारण विद्यार्थीको सिकाइ प्रभावकारी हुन थालेको छ ।
गोरखाको कालिका अमरज्योति प्रावि, रातमाटेका कक्षा ५ का विद्यार्थी सगुन श्रेष्ठ पहिले पहिले जस्तो शिक्षकहरु खाली हात कक्षा कोठामा आउने क्रम अन्त्य भएको र उनीहरुले अनिवार्य झोला लिएर आउँदा आफूहरुलाई सिक्न सजिलो भएको बताए । “सबै शिक्षकले तयारी गरेर कक्षामा आउने गर्नुहुन्छ, झोलामा कापी, सिसाकलम, डायरी र पुस्तक बोकेर आउनुहुन्छ”, श्रेष्ठले भने । शिक्षकले घरमा पूर्वतयारी गरेर भोलिपल्ट विद्यालय जाने गरेका छन् ।
सो विद्यालयका प्रधानाध्यापक तिलक काप्रीले जिल्ला शिक्षा कार्यालयको निर्देशनबमोजिम आफूहरुले ‘एक शिक्षक, एक झोला’ कार्यक्रमलाई निरन्तरता दिएको र यसले सकारात्मक प्रभाव परेको बताए । उनले शिक्षकले नियमित तयारी गरे नगरेको बारेमा विद्यालय निरीक्षक र स्रोत व्यक्तिबाट अनुगमन हुने गरेको बताए ।
पाटदेवी मावि, बोर्लाङका शिक्षक सन्तोष पोखरेल पनि विद्यालयमा आफूहरुसँग हुने झोलाका सामग्रीलाई आवश्यकताअनुसार प्रयोग गरिने र यसले खासगरी तल्लो तहका विद्यार्थीलाई सिकाउन बढी उपयोगी हुने जनाए । “रित्तै जानु र झोला लिएर जानुमा फरक छ, विद्यार्थीको उत्साह झोला लिएर जाने शिक्षकमा हुँदोरहेछ ।” यो कार्यक्रम बागलुङमा पनि लागू भएको छ ।
जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले ‘एक शिक्षक, एक झोला’ कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्न गत वर्ष निर्देशन दिएको र सिकाइ सुधारबारे सबै शिक्षक र अभिभावकलाई आफूले पत्राचार गरेका थिए । ‘एक शिक्षक, एक झोला’ कार्यक्रमपछिको नयाँ शैक्षिक सत्रको पहिलो त्रैमासिकको शैक्षिक उपलब्धिको विश्लेषण भइरहेको र प्रारम्भिक निचोडमा त्यसको सकारात्मक प्रभाव परेको पाइएको बताए । हाल जिल्लामा ४४९ विद्यालयमा २,६२३ शिक्षक छन् ।
जिल्लामा भूकम्पले ध्वस्त भएकामध्ये २५० विद्यालय पुनःनिर्माणका लागि अझै रकमको सुनिश्चितता नभएको भन्दै सुवेदीले त्यसका लागि शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयमा पटक पटक आग्रह गरिएको जनाए ।
कालिका अमरज्योति प्रावि, रातमाटेमा हालै खाल्सा एडको सहयोगमा नयाँ पाँचकोठे भवन हस्तान्तरण भएको थियो । सुवेदीले भने, “पूर्वाधार विकास पनि हाम्रो प्राथमिकता हो, तर भवन हुँदा मात्र सिकाइ स्तर सुध्रने होइन, शिक्षकले राम्रोसँग पढाएनन् र विद्यार्थीले बुझेनन् भने भोलिका कर्णधारले रोजगार नपाएर खाडीतिर जानुपर्ने बाध्यता हुन्छ, त्यसैले शैक्षिक गुणस्तर सुधारमा पनि उत्तिकै जोड दिएका छौँ ।” रासस शिक्षकले बाेके विद्यार्थीकाे झाेला
नाम्जुङ (गोरखा)/शिक्षकले कक्षामा जाँदा पूर्वतयारी गर्नु उनीहरुको नियमित दायित्व भएपनि मुलुकका अधिकांश विद्यालयमा त्यस अभ्यासको निरन्तरता छैन ।
खाली हात कक्षामा गएका शिक्षकसँग उसको ज्ञान र अनुभव त होला तर शैक्षिक सामग्रीबिना उसको शिक्षण विषयकेन्द्रित नहुन सक्छ ।
शिक्षक तालिममा शिक्षकले प्राप्त गरेको सीपलाई सहीरुपमा प्रयोग गर्ने हो भने शिक्षकले पाठ्यक्रम, पाठ्यपुस्तकबमोजिम दैनिक पाठयोजना बनाएर शैक्षिक सामग्रीसहित कक्षाकोठामा जानुपर्नेमा शिक्षा नियमावली र विद्यालय क्षेत्र सुधार कार्यक्रमले बोलेपनि त्यसको पालना नहुँदा शैक्षिकस्तर खस्केको पाइएको अवस्थामा जिल्लामा ‘एक शिक्षक, एक झोला’ कार्यक्रम अभियानकै रुपमा कार्यान्वयन भएको छ, जसका कारण विद्यार्थीको सिकाइ प्रभावकारी हुन थालेको छ ।
गोरखाको कालिका अमरज्योति प्रावि, रातमाटेका कक्षा ५ का विद्यार्थी सगुन श्रेष्ठ पहिले पहिले जस्तो शिक्षकहरु खाली हात कक्षा कोठामा आउने क्रम अन्त्य भएको र उनीहरुले अनिवार्य झोला लिएर आउँदा आफूहरुलाई सिक्न सजिलो भएको बताए । “सबै शिक्षकले तयारी गरेर कक्षामा आउने गर्नुहुन्छ, झोलामा कापी, सिसाकलम, डायरी र पुस्तक बोकेर आउनुहुन्छ”, श्रेष्ठले भने । शिक्षकले घरमा पूर्वतयारी गरेर भोलिपल्ट विद्यालय जाने गरेका छन् ।
सो विद्यालयका प्रधानाध्यापक तिलक काप्रीले जिल्ला शिक्षा कार्यालयको निर्देशनबमोजिम आफूहरुले ‘एक शिक्षक, एक झोला’ कार्यक्रमलाई निरन्तरता दिएको र यसले सकारात्मक प्रभाव परेको बताए । उनले शिक्षकले नियमित तयारी गरे नगरेको बारेमा विद्यालय निरीक्षक र स्रोत व्यक्तिबाट अनुगमन हुने गरेको बताए ।
पाटदेवी मावि, बोर्लाङका शिक्षक सन्तोष पोखरेल पनि विद्यालयमा आफूहरुसँग हुने झोलाका सामग्रीलाई आवश्यकताअनुसार प्रयोग गरिने र यसले खासगरी तल्लो तहका विद्यार्थीलाई सिकाउन बढी उपयोगी हुने जनाए । “रित्तै जानु र झोला लिएर जानुमा फरक छ, विद्यार्थीको उत्साह झोला लिएर जाने शिक्षकमा हुँदोरहेछ ।” यो कार्यक्रम बागलुङमा पनि लागू भएको छ ।
जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले ‘एक शिक्षक, एक झोला’ कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्न गत वर्ष निर्देशन दिएको र सिकाइ सुधारबारे सबै शिक्षक र अभिभावकलाई आफूले पत्राचार गरेका थिए । ‘एक शिक्षक, एक झोला’ कार्यक्रमपछिको नयाँ शैक्षिक सत्रको पहिलो त्रैमासिकको शैक्षिक उपलब्धिको विश्लेषण भइरहेको र प्रारम्भिक निचोडमा त्यसको सकारात्मक प्रभाव परेको पाइएको बताए । हाल जिल्लामा ४४९ विद्यालयमा २,६२३ शिक्षक छन् ।
जिल्लामा भूकम्पले ध्वस्त भएकामध्ये २५० विद्यालय पुनःनिर्माणका लागि अझै रकमको सुनिश्चितता नभएको भन्दै सुवेदीले त्यसका लागि शिक्षा मन्त्रालय र अर्थ मन्त्रालयमा पटक पटक आग्रह गरिएको जनाए ।
कालिका अमरज्योति प्रावि, रातमाटेमा हालै खाल्सा एडको सहयोगमा नयाँ पाँचकोठे भवन हस्तान्तरण भएको थियो । सुवेदीले भने, “पूर्वाधार विकास पनि हाम्रो प्राथमिकता हो, तर भवन हुँदा मात्र सिकाइ स्तर सुध्रने होइन, शिक्षकले राम्रोसँग पढाएनन् र विद्यार्थीले बुझेनन् भने भोलिका कर्णधारले रोजगार नपाएर खाडीतिर जानुपर्ने बाध्यता हुन्छ, त्यसैले शैक्षिक गुणस्तर सुधारमा पनि उत्तिकै जोड दिएका छौँ ।” रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।