काठमाडौँ/संयुक्त युवा तथा विद्यार्थी मोर्चाले संविधान संशोधनको प्रस्ताव छिटो फिर्ता लिन माग गर्दै आज काठमाडौँ उपत्यकाका सरकारी क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् । मोर्चाले उक्त प्रस्ताव मुलुकको हितमा नरहेकाले त्यसलाई फिर्ता लिन सरकारलाई दबाब दिने उद्देश्यले क्याम्पस क्षेत्र वरपरका सडकमा चक्काजाम, विरोध प्रदर्शन तथा सभा समेत ग¥यो । मोर्चामा संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेमकिपा तथा नेकपा (माओवादी) निकट युवा एवं विद्यार्थी सङ्गठन आबद्ध छन् । सरकारले प्रस्तावित प्रदेश नं ५ का पहाडी जिल्ला प्रदेश नं ४ मा समायोजन गर्ने प्रस्ताव गरेको छ । प्रदेश नं ५ का स्थानीय राजनीतिक दल, सत्तारुढ दलका नेता तथा जनताले समेत सो क्षेत्रलाई नटुक्र्याउन माग गरी विभिन्न स्थानमा विरोध गर्दै आएका छन् । अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो प्रस्तावले सदियाैँदेखि मिलेर बसेका पहाड र तराईका जनताबीचको एकतामा नकारात्मक प्रभाव पर्ने बताउँदै सबै नागरिकलाई राष्ट्रियताका निम्ति एकजुट हुन आग्रह गरे । उनका अनुसार संविधान संशोधनको प्रस्तावविरुद्ध रहेको मोर्चाले आज अपराह्न नागरिक समाज, पत्रकार तथा बुद्धिजीवीसँग छलफल गर्ने छ । रासस
संविधान संशोधन प्रस्तावविरुद्ध विरोध प्रदर्शन
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































