ताप्लेजुङ/ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथिभरा मन्दिर क्षेत्रबाटनै भेटि र सहयोग रकम चोरि हुन थाले पछि अब दैनिक संकलित रकम प्रहरीको रोहवरमा माथिल्लो फेदिमा झारीने भएको छ ।
पाथिभरा क्षेत्रमा तिर्थयात्रिले चढाएको र सहयोग स्वरुप प्राप्त भएको रकम मन्दिर क्षेत्रमा नराखि प्रहरीको रोहबरमा गन्ति गरी माथिल्लो फेदिमा राख्न समिति र प्रहरी लाई निर्देशन दिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले जानकारी दिनुभयो ।
शनिवार राति पाथिभरा क्षेत्रबाट भेटि र केहि सहयोग रकम चोरी भएको थियो । यस पछि प्रमुख जिल्ला अधिबारीबाट यस्तो निर्देशन आएको हो । शनिवार राति पाथिभरा क्षेत्रबाट २ लाख २१ हजार नगद चोरी भएको पाथिभरा क्षेत्र विकास समिति र पाथिभरा देवि मन्दिर क्षेत्र संरक्षण तथा सम्बदन समितिका कर्मचारीले बताए पनि प्रहरीले चोरीमा संलग्न बालकहरुबाट १ लाख ३१ हजार ३ सय ५५ रुपैयाँ नेरु र १ सय डलर मात्र फेला पारेको थियो ।
समितिका कर्मचारी र भेटिएको रकमको परीणाम नमिलेकाले अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । चोरीमा सम्लग्न ताप्लेजुङ फुरुम्बुका ११ वर्षीय बालक समिर लिम्बु, सोहि स्थानका १३ वर्षीय रमेश नाल्बु र नाल्बु गाविसका १३ वर्षीय मोहन लिम्बु रहेका छन् । तीनै जना लाई नियन्त्रणमा लिएर अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।