धरान/‘लेट्स जोइन ह्याण्डस् टु सेभ नइसा शाक्य’ नामक सांगीतिक कन्सर्टबाट संकलित रकम नइसाका अभिभावकलाई बुधबार प्रदान गरिएको छ ।
[caption id="attachment_23975" align="alignnone" width="960"]
एप्लाष्टिक एनिमिया रोगबाट ग्रसित धरानकी नइसालाई सहयोग रकम हस्तान्तरण गर्दै आयोजक धरान भाइस इभेन्टमेनेजमेन्टका पदाधिकारीहरु । तस्बिरः विकास चाम्लिङ राई[/caption]
माघ १ गते धरानको भानुचौकमा निःशुल्क कन्सर्ट गरिएको थियो । कन्सर्टबाट संकलित रकम एक लाख २२ हजार ६ सय ५४ रुपैया नइसाका बुबा नरेश शाक्यलाई बुधबार हस्तान्तरण गरिएको छ । नइसा विगत दुई महिनादेखि एप्लाष्टिक एनिमिया रोगबाट ग्रसित छिन् । उनी काठमाडौंको सिभिल हस्पिटलमा उपचाररत छिन् ।
शाक्यको पिता नरेशलाई कार्यक्रमका आयोजक संस्था धरान भाइस इभेन्ट मेनेजमेन्टका विपीन श्रेष्ठ, राकेश मानन्धर र रिकभरिङ धरानका सन्तोष राईले रकम हस्तान्तरण गरेका थिए । कन्सर्टमा नरेन लिम्बू, उर्जा ब्याण्ड, तपन श्रेष्ठ, मानष घलेलगायतले प्रस्तुति दिएका थिए ।
यसैबीच धरानमा मंगलबार वेव इन रकिङ टुरलेसमेत नइसा शाक्यको बचाउ अभियान अनुसार कार्यक्रम गरिएको थियो । जसमा सविन राई र १९७४ एडीले प्रस्तुती दिएका थिए ।