काठमाडौँ/नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यही माघ १८ गते चार्टर्ड एकाउन्टेन्टहरुको प्रथम दीक्षान्त समारोह आयोजना गर्ने भएको छ ।

दीक्षान्तले राष्ट्रको आर्थिक सुशासनका लागि चार्टर्ड एकाउन्टेन्ट्सहरुको योगदान, सम्भावना र चुनौतीबारे छलफल हुनाका साथै संस्थाबाट उतीर्ण चार्टर्ड एकाउन्टेन्टलाई दीक्षित र सम्मान गरिने संस्थाका अध्यक्ष महेश खनालले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने दीक्षान्त समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । हाल चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्न तहमा करिब १५्र हजार विद्यार्थीले यस शिक्षाको लागि आवेदन दिएका छन् । सो संस्थामा हाल एक हजारभन्दा बढी चार्टर्ड एकाउन्टेन्ट्स तथा सात हजारभन्दा बढी दर्तावाला लेखापरीक्षक सदस्य छन् ।

रासस