धनकुटा/ नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति धनकुटाले २८५३ सोनाम ल्होछार चरा वर्ष मे खाम (ज्या ल्हो) नयाँ वर्षको अवसरमा सनिवार धनकुटाको हिले वजारमा विविध साँस्कृतिक कार्यक्रम एवं शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरेको छ ।नेपाल तामाङ घेदुङ प्रदेश नं. १ का सचिव निरेन तितुङ तामाङको प्रमुख आतिथ्यमा सम्पन्न ल्होछार साँस्कृतिक ¥याली तथा शुभकामना आदन प्रदान कार्यक्रममा घेदुङका केन्दिय सदस्य लालचन्द्र गोङ्गवा तामाङ, घेदुङका केन्द्रिय सल्लाहकार एवं कार्यक्रमका विशेष अतिथि वीरवहादुर तितुङ तामाङ र जिल्ला घेदुङ धनकुटाका अध्यक्ष सिताराम थिङ तामाङको अगुवाईमा हिले मा.वि.को प्राङ्गणमा आ–आफ्नै भोषा–भुषमा भेला भएका तामाङ समुदायका दाजुभाई तथा दिविहिनीहरुले हिले वजारको परिक्रमा गरी पुनः साँस्कृतिक सभामा सहभागी भएका थिए ।

तामाङ भेषा–भुषामा सजिएर आएका तामाङ समुदायका सायौं युवा युवतीहरु, विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरु, तामाङ घान्वा–ताम्वाहरु, वौद्धलामा गुरुहरुको सहभागितामा हिले वजारमा विशेष तामाङ साँस्कृतिक झाँकी सहित सामुहहिक ¥यालीमा सहभागी भएका थिए । ¥यालीमा सहभागी तामाङ दाजुभाई तथा दिदिवहिनीहरुले तामाङ मौलिक संस्कृतिमा पर्ने डम्फु सेलो गाउनुको साथै सेलो नाचेर मनोरञ्जन लिएका थिए । तामाङ साँस्कृतिक ¥याली हिलेवजारको विभिन्न भागको परिक्रमा गरे पश्चात हिले माविको प्राङ्गगणमा भव्यरुपमा साँस्कृतिक सभामा परिणत भएको थियो ।

सभा शुरु हुनु अघि सभा स्थलमा तामाङ कलाकारहरुले तामाङ सेलोमा दमदार नृत्य प्रदर्शन गरेका थियो । नेपाल तामाङ घेदुङका जिल्ला कार्य समितिका अध्यक्ष सितारम थिङ तामाङको अध्यक्षतामा सम्पन्न भएको ल्होछार साँस्कृतिक सभामा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष संजय सन्तोषी राई, घेदुङका पुर्व केन्द्रिय सल्लाहकार वीरवहादुर तितुङ तामाङ, तामाङ घेदुङका पुर्व जिल्ला अध्यक्ष चिन्तन तामाङ, नगर घेदुङका अध्यक्ष कुलवहादुर तामाङ, नेपाल स्वतन्त्र मजदुर संगठनका जिल्ला अध्यक्ष सिंह तितुङ तामाङ, म्हानीपा संघका अध्यक्ष भुमिश्वरी वम्जन तामाङ, महिला घेदुङकी जिल्ला अध्यक्ष पेमाकुमारी लामा लगायतले ल्होछार नयाँ वर्षको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै ताम्सालिङ सहितको संविधान संशोधनको लागी गाउँ–गाउँवाट जनदवाव श्रृजना गर्नु पर्नेमा जोड दिएका थिए ।

महिला घेदुङका जिल्ला सचिव सुनिता लावती तामाङले कार्यक्रमको संचालन गरेका थिए भने कार्यक्रममा सहभागी अतिथि एवं सहभागी महानुभावहरुलाई तामाङ घेदुङका जिल्ला सदस्य फुर्वा घिसिङ तामाङले स्वागत मन्तव्य व्याक्त गरेका थिए । ससो अवसरमा तामाङ डम्फुरे म्हेमेहरुले स्वागत गीत मार्फत स्वागत गरेका थिए । सो अवसरमा तामाङ कलाकारहरुले डम्फु सेलोमा नृत्य समेत प्रश्तुत् गरेका थिए । यसैविच उता पाख्रीवास नगरपालिका वडा नं.९ घोर्लिखर्कमा रहेको वौद्ध माने स्तुपामा २८५३ औं सोनाम ल्होछारको अवसरमा भगवान वुद्धको मुर्ति प्रतिस्थापन गर्नुको साथै गुम्वाको उद्धघाटन गरिएको छ । वौद्ध गुम्वाको पुर्व वाणिज्य तथा आपुर्ति मन्त्री एवं सांसद सुनिलवहादुर थापाले एक समारोहको विच गरेका थिए । गुम्वा समुद्धघाटन समारोहका प्रमुख अतिथि समेत रहेको पुर्व मन्त्रि थापाले सो अवसरमा वौद्ध लामा गुरुहरुको साथमा गुम्वामा वौद्ध परमपरा अनुसार पुजापाठ समेत गरेका थिए ।

डिकुरे डाँडा वौद्ध माने स्तुपा संरक्षण तथा सम्वद्र्धन समितिका अध्यक्ष मनवहादुर योञ्जन तामाङको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, नेपाल तामाङ घेदुङ धनकुटाका सचिव सन्तवीर लामा, आदिवासी जनजाति पत्रकार महासंघ धनकुटाका सदस्य नरेन्द्र राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । यसैगरी सनिवार नै धनकुटाका मुर्तिढुङ्गा, परेवादिनको नाम्जाङ्ग, वुढिमोरङ्ग, धनपा–१० चोकरोकमा पनि २८५३ सोनाम ल्होछारको अवसरमा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको वताईएको छ ।

त्यसैगरी आगामी माघ २२ गते सनिवार धनकुटाको उत्तरपानी वजारमा सोनाम ल्होछारको अवसरमा गाउँ इकाई घेदुङ चुङ्गवाङ्गको आयोजनामा विविध साँस्कृति कार्यक्रम राष्ट्रिय कलाकारहरुको साथमा आयोजना हुने जिल्ला घेदुङ धनकुटाका सचिव सन्तवीर लामाले वताएका छन् ।