काठमाडाैं / कुनै समयकी सफल अभिनेत्री हुन्, सञ्चिता लुइँटेल । एकसमय उनलाई आफ्नो चलचित्रमा लिनका लागि निर्माताहरुको लाइन ठुलै हुन्थ्यो । उनी निर्माताहरुको रोजाईमा पर्न कम भइनन् तर केही बर्ष अगाडी नायक निखिल उप्रेतीसँग विवाह गरेपछि भने उनी झण्डै ५ बर्ष कुनै पनि नेपाली चलचित्रमा देखिइनन् ।
यतिसम्मकी उनले दुई सन्तानलाई जन्मदिएपछि मात्र नेपाली चलचित्रमा कमब्याक गरिन् । विवाह गरेपछि उनले नाइँ नभन्नू ल ३ मा काम गरेकी थिइन । चलचित्र सफल भएपनि सञ्चिताको चर्चा खासै भएन । नाइँ नभन्नू ल ३ मा छोटो भूमिका भएका कारण दर्शकहरुले सञ्चिताको तारिफ गर्न नै पाएनन् । त्यसपछि उनले ‘आरोप’, ‘शिवा’, ‘राधा’, ‘गुनगुन’ मा काम गरिन् । जस मध्ये राधा प्रदर्शनमा आइसकेको छ भने अरु प्रदर्शनको तयारीमा छन् । झण्डै ५ बर्षसम्म नेपाली चलचित्रमा नदेखिँदा पनि दर्शकहरुको मायामा कमी नआएको सञ्चिताले एक अन्तर्वार्ताको क्रममा बताइन । उनी भन्छिन्, करियर मात्र मेरो सबै थोक होइन । म मेरो पर्सनल कुराहरुलाई पनि महत्व दिन्छु । जिन्दगीमा करियरलाई मात्र फोकश गर्नु मात्र पनि सफल होइन । हो, म ५ बर्ष हराउँदा मैले नेपाली चलचित्र र दर्शकहरुलाई धेरै मिस गरेको थिएँ । तर अब दर्शकहरुको माया फेरी निरन्तर पाउँछु भन्नेमा विश्वस्त छु ।
यसै बर्ष प्रदर्शनामा आएको चलचित्र राधामा नायक जीवन लुइँटेलकी प्रेमिका बनेकी सञ्चिताको भूमिकालाई दर्शकहरुले खुबै तारिफ गरेका थिए । सञ्चिताले अन्तर्वार्ताको क्रममा नायक निखिल उप्रेतीसँगको विवाहको विषयमा पनि केही कुराहरु शेयर गरेकी छिन् । उनले भनिन्, म केही बर्षपछि चलचित्रमा आउँदा पनि दर्शक, मिडियाहरुले विर्सनु भएको रहेनछ । मैले ५ बर्षको अवधीमा पल पल नेपाली चलचित्र र दर्शकलाई मिस गरिरहेको थिएँ । दर्शक र चलचित्रकर्मीहरुले पनि मलाई मिस गरिरहनु भएको थियो ।
उनले आफुलाई निखिल उप्रेतीले नै पहिलो पटक प्रेम प्रस्ताब गरेको पनि खुलाइन् । निखिल उप्रेतीकी कान्छी श्रीमती भएर भित्रिएकी सञ्चिताले निखिलको सपरिवार आएर आफुलाई विवाहको प्रस्ताब गरेको पनि बताएकी छिन् । मलाई निखिल जीको परिवारले आएर बिबाहको प्रस्ताब गर्नु भएको हो । निखिल जीको बुबा आमा, दिदी, दाई सबै परिवार आउनु भएको थियो- उनले भनिन् । ५७ सालमा रमेश बुढाथोकीको निर्देशनमा डा. भोला रिजालले निर्माण गरेको ‘अप्सरा’ बाट नेपाली चलचित्रक्षेत्रमा डेव्यू गरेकी सञ्चिताले त्यसपछि थुप्रै नेपाली चलचित्रमा काम गरिन् ।