फलेवास (पर्वत)/ स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याइने प्रतिबद्धता व्यक्त गरका छन् । दक्षिण पर्वतस्थित नेपाल तारा माविमा आयोजित महायज्ञको समापन कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले अबदेखि उपचारका अभावमा कोही नेपालीले अकालमा मृत्यु हुन नपर्ने गरी आफूले स्वास्थ्य नीति ल्याउन खोजेको जानकारी दिए । मन्त्री थापाले सबै जिल्ला अस्पताललाई ५० शय्याको बनाउने गरी सरकारले योजना बनाउन लागेको र निकट भविष्यमै सबै प्रकारका सेवालाई जिल्लाबाट नै प्रवाह गर्ने गरी आफूले योजना बनाएको समेत बताए । सात दिनसम्म सञ्चालित महायज्ञमा झन्डै रु दुई करोड सङ्कलन भएको छ ।

रासस