काठमाडौँ/ शिक्षा मन्त्रालयले मुलुकको शिक्षा प्रणालीलाई सङ्घीय संरचनानुसार अहिलेको वस्तुगत सामाजिक÷राजनीतिलाई सम्बोधन गर्ने गरी व्यवस्थित गर्ने भएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा शिक्षामन्त्री धनीराम पौडेलले शिक्षा क्षेत्रको संरचनालाई व्यवस्थापन गर्न हालै शिक्षा ऐन २०२८ को आठौँ संशोधन गरिएको बताउँदै त्यसअनुसार अब नियमावली बनाउने तयारी भइरहेको जानकारी दिए ।
प्रा डा गोविन्द केसी र सरकारबीच भएको बाह्रबुँदे सम्झौता कार्यान्वयन गर्न सरकार गम्भीर भएर लागिपरिरहेको बताउँदै उनले भने– “केसीसँग भएका सम्झौता कार्यान्वयनका लागि एउटा अनुगमन समितिसमेत बनेको छ, तत्काल ११३ कानुन बनाउनपर्ने छ, ३०० कानुन संशोधन गर्नुपर्ने छ, धेरै कानुन बनेका छैनन्, नीतिगत रुपमा के कस्ता नियम परिवर्तन गर्नुपर्छ त्यसमा विज्ञसँग छलफल हुन्छ ।” उनले भने ।
सोही कार्यक्रममा कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनका संस्थापक प्रिन्सिपल डा मञ्जु मिश्रले नेपालमा छुट्टै सञ्चार विश्वविद्यालय गठन गर्नुपर्ने माग गरे।
रासस