[caption id="attachment_28875" align="alignleft" width="300"] फायल फाेटाे[/caption]

मेलम्ची/ नेपाली काँग्रेसका नेता डा रामशरण महतले संविधान कार्यान्वयनका लागि सम्पूर्ण राजनीतिक दल एक हुनुपर्ने बताइका छन् ।

सिन्धुपाल्चोकको तालामाराङमा ग्याल्मो ग्याता गुम्बाको शिलान्यास तथा ल्होसार कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्।

उनले नयाँ संरचनामा स्थानीय निकायको चुनाव गर्न विभिन्न कारणले कठिनाइ रहेकाले पुरानै संरचनाअनुसार स्थानीय निकायको चुनाव र संविधान संशोधन प्रक्रियालाई सरकारले चाँडै अगाडि बढाउनुपर्नेमा जोड दिए ।

यस्तै गुम्बा शिलान्यास एवम् शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति विकास लामा, ज्यानबहादुर तामाङ, शिवकुमार लामिछानेलगायतले गुम्बा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो कार्यक्रममा नेकपा (एमाले)का स्थानीय नेता सूर्यमान तामाङ, नवराज बस्नेतले शुभकामना व्यक्त गरे । रासस