धनकुटा/ नेपाल तामाङ घेदुङ, धनकुटा नगर समितिले २८५३ औं सोनाम ल्होछारको अवसर पारेर बिहीबार ल्होछार परम्परा र तामाङ सँस्कृति विषयक अन्तत्र्रिmया तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।तामाङ घेदुङ जिल्ला समितिका अध्यक्ष सीताराम थिङ तामाङको प्रमुख आतिथ्यमा सम्पन्न अन्तत्र्रिmयामा जिल्ला घेदुङका सचिव सन्तवीर मोक्तान तामाङले ल्होछार परम्परा र तामाङ सँस्कृति विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै घेदुङका जिल्ला अध्यक्ष तामाङले तामाङ समुदायले वर्षौंदेखि ल्होछार मनाएता पनि ल्होछार सँस्कृतिलाई सबैको साझा बनाउन नसकिएको बताए । उनले खुल्लामञ्चमा भेला भएर तामाङ समुदायले ल्होछार मनाउने परम्परा बसाए पनि आफ्नो घरघरमा ल्होछार मनाउने चलन अभैm भिœयाउन नसकेको बताए ।
तामाङले प्रस्तुत गरेको कार्यपत्रमा ल्होछारको उत्पत्ति र अर्थ, ल्होछार परम्पराहरु, ल्हो गणना गर्ने पद्धति र ल्होछार कसरी मनाउने भन्नेबारे उल्लेख भएकाले सबैलाई ल्होछारको वारेमा थाहा पाउनको लागि मद्दत पुग्ने अध्यक्ष तामाङले बताए ।
घेदुङ नगर समिति धनकुटाका अध्यक्ष कूलबहादुर तितुङ तामाङको अध्यक्षतमा भएको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका जिल्ला अध्यक्ष सञ्जयसन्तोषी राई, नगर समन्वय परिषद्का अध्यक्ष रविन खड्गी, उद्योग वाणिज्य सङ्घ धनकुटाका उपाध्यक्ष तारा तितुङ तामाङ, मगर सङ्घका जिल्ला उपाध्यक्ष इन्द्र लुङ्गेली मगर, म्हानीपा सङ्घका अध्यक्ष राधा वाईवा तामाङ लगायतले बोलेका थिए । सो अवसरमा तामाङ सेलोमा सामूहिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।