रोजगारीको खोजीमा दिनहुँ विदेशिने नेपालीको संख्या लामै हुन्छ । चाहे महिला, चाहे पुरुष, दिनहुँ वैध वा अवैध बाटोबाट विदेश जाने गरेका छन् । विदेश गएर अधिकांशले अरुको काम गर्ने नै हो । स्वरोजगार बन्ने भन्ने कमैमा कल्पना हुन्छ । अझ महिलाका निम्ति त यो अलि गाह्रो विषय हो ।
रजनी थापा मगर भने अपवादमध्येकी एक हुन् । जो कम्बोडियामा पुगेर मेहन्दीको व्यवसायमा संलग्न छन् । कम्बोडियाकी पहिलो मेहन्दी व्यवसायीसमेत रहेकी रजनीले त्यहाँ भारत, पाकिस्तान, बंगलादेश, म्यानमार, श्रीलंका, इन्डोनेसिया, क्यानडा, पोल्यान्डका ग्राहकको मन जित्न सफल भएकी छन् ।
उनले अन्तराष्टि्य ग्राहककाे मन मात्र जीतेकी छैनन् कम्बाेडियामा नेपाल र नेपालीकाे पहिचानलाइ पनि उच्च बनाएकीछन् ।
महिलाले आफ्नो श्रृंगारका रुपमा प्रयोग गर्ने मेहन्दीलाई व्यवसायको रुपमा शुरु गरेको करिब दुई बर्ष भयो । सुरुमा पर्यटन भिसामा कम्बोडिया पुगेकी तनहुँ दमौलीकी ३२ बर्षीया रजनीले २०७१ बैशाख ११ गतेदेखि कम्बोडियामा व्यवसाय शुरु गरेकी हुन् ।