भद्रपुर/नेपालमा पहिलो पटक झापाको भद्रपुरमा अन्र्तराष्ट्रिय साँस्कृतिक तथा धार्मिक कार्यक्रम हुने भएको छ । नेपाल अन्तराष्ट्रिय कृष्ण भावनामृत संघको आयोजना तथा इस्कोन झापाको सहकार्यमा युरोपियन भक्तकलाकारहरुद्धारा एक दिने कार्यक्रम गर्ने भएको हो ।

आयोजकले मंगलवार अपरान्ह् भद्रपुरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत कार्यक्रम सार्वजानिक गर्दै यस्तो जानकारी गराएको हो । मानिसमा हिन्दु धर्मप्रति घट्दो आस्थालाई मध्यनजर गरी यो कार्यक्रमले ठुलो टेवा पुग्ने आशा लिएर नेपालमानै पहिलो पटक भद्रपुरमा कार्यक्रमको आयोजना गरिएको इस्कोन नेपालका झापा प्रतिनिधी माधव चैतन्य दासले बताए ।विदेशीले नेपालमा आएर हिन्दु धर्म जोगाउन गरेको प्रयत्नलाई महत्वपुर्ण लिएको उल्लेख गर्दै बुधवार साँझ भद्रपुरको सिटी गार्डेनमा हुने रसियन साँस्कृतिक ,शिवको नृत्य, कालीमाता नृत्य,रामायण, भागवत कथा प्रवचन लगायतका विविध कार्यक्रम हुने दासले जनाएका छन् । कार्यक्रममा नेपालसहित रसिया, पोल्याण्ड लगायतका करिब ७० जनाको टोलीले सहभागिता जनाउने उनको भनाई छ ।

हिन्दु धर्म र संस्कृति पलायन भइरहेको अवस्थामा विदेशमा रहेका युरोपियन भक्तहरुले मुस्लिम र क्रिस्चियन धर्म परिर्वतन गरी हिन्दु धर्म प्रवेश गरेर हिन्दु धर्मकै प्रचारप्रसारमा झापा आइ पुगेको इस्कोन नेपालका ससचिव सुचारु गोपिदेवी दासले बताइन् । मानिसले जीवनमा चाहेको एकमात्र खुशी सवैभन्दा ठुलो भएकोल अमेरिकाको न्यूओर्कवाट करिब चालिस वर्ष अघिवाट सुरु भएको इस्कोन नेपालले हालसम्म २० ओटा राष्ट्रमा कार्यक्रम सम्पन्न गरिसकेका भक्त कलाकारवाट २१ औं राष्ट्रमा नेपालको झापा स्थित भद्रपुरमा हुने भएको गोपिदेवीले जानकारी गराइन् ।

यो संस्था सवै धर्मको साझा संस्था भएकोले जो कोहि आवद्ध हुनसक्ने आधार खडा गरिएको उनको भनाई छ । झापामा इस्कोनको स्थापना ९ महिनाअघि भद्रपुर १३ को चैतुमन्दिरछेऊमा भएको र भद्रपुरमै इस्कोनको मन्दिर स्थापनाका लागी भद्रपुर गौशालाले भद्रपुर ४ नयाबजारमा २ विगहा जग्गा प्रदान गर्नेे जनाएको छ ।