दुनियामा यस्ता जनजाति छन् जो अनौठो रितिरिवाज संस्कृति पालना गर्न बाध्यछन् । आज पनि यी जनजाती यति पछाडि छन् कि आधुनिक सहरी जिन्दगीका बारेमा बेखबर छन् । आज हामी यस्ता जनजातिको परम्पराको बारेमा जानकारी गराउदै छौ ।
पुरातन समयमा पुरुषलाई नोकर बनाएर उसलाई श्रम गराइन्थ्यो । महिलालाई चाही यौन गर्न बाध्य पारेर यातना दिने गरिन्थ्यो । मानिसहरुको गिद्धे नजरबाट बच्नका लागी यी महिलाहरु आफैलाई कुरुप बनाउने गर्थे ।
यसरी आफैलाई कुरुप बनाउँदा कहिलेकाही दाँत पनि भाँचिन्थ्यो । कुरुप बनाउन ओठमा प्लेट लगाएर धेरै तन्काइ आफ्नो सुन्दरता कम गर्दथे । इथियोपिया नामक जानजाती अन्य सम्पन्न मानिसको गिद्धेदृष्टिबाट बच्न सुरु गरेको यो तरिका अहिले परम्परा नै बनि सकेको छ । त्यहाका महिला अहिले पनि यही परम्परालाई पछ्याउदै आएका छन् ।
हमार, दसानेक र मुर्सी जनजातीका महिला आज पनि आफ्नो सुन्दरता लुकाउन आफै कुरुप देखिन रुचाउछन् । विवाह पछि यी महिला आफ्नो घाटीमा पेटि बाध्छन् । यो परम्परा धेरै पहिलादेखि चलिआइरहेको छ ।