धरान/अब मन्दिर र शिबालयहरुमा नांगा महिलाहरु देख्नु भयो भने जिब्रो नटोक्नु होला । भष्म लेपन गरेर गाँजा खाँदै नाङगै बस्ने नागा बाबा मात्र हैन अब तपाईले नागा महिलापनि देख्न सक्नु हुने छ ।

भारतको इलाहाबादको एक शिबालयमा नाँगा महिलाहरु देखिएका छन् ।नागा महिलाहरुले धर्ममा सबैलाई बराबर अधिकार भएको भन्दै नाँगै रहन पाउनुपर्ने आफुहरको अधिकार भएको बताएका छन् । प्रहरीले नाँगा महिलाहरूलाइ अाफ्नाे बक्षस्थल र गुप्ताङग छाेप्न अाग्रह गरिरहेकाे समाचारहरूमा जनाइएकाे छ ।

इलाहाबादबाट सार्बजनिक हुने सञ्चारमाध्यमले नाँगा महिलाहरुलाई सम्हाल्न निकै मुस्किल भईरहेको जनाएका छन् ।अहिले नागा बाबा र नागा महिलाहरुलाई नियन्त्रण गर्न ठुलो सुरक्षा फौज परिचालन गरिएको छ ।

प्रहरीले नागा महिलाहरुलाई नागा बाबाहरु भएको ठाउमा नजान आग्रह गरेका छन् । सुरक्षाकर्मिले नागा महिलाहरुलाई छुट्टै स्थानि निर्धारण गरिदिने भन्दै समस्याको समाधान खोजीरहेका छन् ।

पब्लिक हेल्थमा डिग्रि गरेकी ३५ बर्षिय दिब्याले आफुहरु कुनैपनि कुरा अलग तरिकाबाट गर्न चाहाने बताएकी छिन् । जुन ठाँउमा हाम्रा इष्टदेबता छन त्यही ठाउ देवी बन्न चहान्छौं दिब्यालाई उदृृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

महिलाहरुले नागाबाबलाई आफुहरुको इष्ट भएको र आफुहरु उनीहरुको देबी बन्न चाहेको उल्लेख छ । भारतीय हिन्दु अधिकारकर्मिहरुले महिलाहरु नांगै हुनु शास्त्र र धर्म बिरुद्ध हुने भन्दै बिरोध गरिरहेका छन् ।