कामोत्तेजक साहित्यको अस्तित्व त्यती नै पुरानो छ, जती पुरानो मानव सभ्यता छ, वा मानिस सोच्न र बुझ्न जहिले देखि सुरु गरे । विस्तारै बिस्तारै कामुक साहित्यको स्वरुप बदलियो र यो डिजिटल दुनियामा स्थापित भयो ।
नेपालकै सन्दर्भमा पनि प्राचीन टुँडालहरु यत्र तत्र छन्, बिभिन्न मन्दिरहरुमा कामोत्तेजक टुडाल छन्, शरिरै काम्ने खालका यी टुंडालहरुबाट थाहा हुन्छ, प्राचिन पोर्न सभ्यता व्यापक थियो । बिभिन्न मुद्रामा सहवास गरेका चित्रहरु, काठमा खोपिएका र बिभिन्न धातुबाट बनाईएका मुर्तीहरुले यो प्रतिको लगाव र प्रभाव यसै पनि अनुमान लगाउन सकिन्छ ।
प्रबिधिको बिकास सँगै काठमा र धातुमा कोरिने यी पोर्न चित्रहरु अहिले काटुर्न र सुटिङमार्फत छ्यासछ्यास्ती जतासुकै छ, त्यै पनि गोप्य राख्ने कोशिष पनि भैरहेको छ । मानिसमा रहेको यौन कुष्ठा, वा यौन प्रतिको उत्कण्ठाले यो पक्ष अहिलेसम्म पनि गोप्य र रहस्यमय बनाउन खोजिएको छ । पछिल्लो समय यौनसंग सम्बन्धीत कामोत्तेजक चलचित्र नै निर्माण गरि यसको व्यवसाय गर्न थालिएको छ । डिजीटल प्रबिधि, मोवाईल फोन, कम्प्युटर, इन्टरनेट उपलब्ध संसारका(नेपालसहित) धेरै युवा र बयस्कले यस्ता चलचित्रहरु गोप्यरुपमा हेर्ने गर्छन, त्यै पनि यो रहस्यमय नै मानिन्छ । यो सम्बन्धी केही रोचक तथ्यहरु यस प्रकार छन् ।
भिक्टोरियामा १९ औं शताब्दी तिरै नग्न चीत्रहरु र मुर्तीहरु तयार गरिन्थे तीनैको आडमा नग्न तस्वीरहरु खिच्न थाले पछि त्यहाँको सरकारले पोर्न फोटो र नग्नता सम्बन्धी त्यती बेला नै एक कानुन बनाएको थियो । त्यहाँ पहिलो पटक सार्वजनिक भएको नग्न चित्रलाई एक म्युजियममा राखिएको थियो र कानुन तयार भएपछि सरकार नियन्त्रीत पोर्नग्राफी सुरु भयो । र यहीबाट सुरु भएको पोर्नग्राफी अहिले विश्वभर फिल्मको रुपमा तयार हुन थाले ।
पोर्न फिल्ममा खेल्ने कलाकारमा पुरुष भन्दा महिला कलाकारको कमाई धेरै हुन्छ, पुरुषले एक दिनमा औषत ५० देखि १५०० डलरसम्म कमाई गर्छन । उनीहरुलाई दिन र घण्टाको आधारमा भन्दा पनि सिनको आधारमा पेमेन्ट गर्ने गन्छि । पोर्न फिल्म विक्रेताले कलाकारहरुलाई उनहरुलाई रोयल्टी दिदैन । महिलो पोर्न स्टारले एक बर्षमा लाखौं डलर कमाउन सक्छन् । पोर्न फिल्मबाटै संसारकी सबै भन्दा धनी बनेकी महिला हुन् जेना जेम्सन । उनी ३० मिलियन डलरकी मालिक्नी हुन् ।
संसारका ५० प्रतिशत भन्दा बढि सुबिधा सम्पन्न होटेलहरुमा पोर्न फिल्म हेर्न पाउने सेवा उपलब्ध छ । विश्वका केही चर्चित होटेलहरुमा होटेलको अन्य सेवा सुबिधाले भन्दा पोर्न फिल्म उपलब्ध गराए बापत ७० प्रतिशत बढि नाफा हुन्छ ।
संसारमा पोर्न फिल्म सम्बन्धी ४.२ मिलियन वेभसाईट बनेका छन् । इन्टरनेटमा ३७० मिलियन पोर्न पेज छन् । वेभसाइटमा हरेक दिन ६८ मिलियन पटक पोर्नसंग सम्बन्धीत शब्दहरु सर्च हुने गरेका छन् । हरेक दिन संसारमा प्रयोग भएका इमेल आईडीहरुमा २.५ मिलियन पोर्न सम्बन्धी स्पाम म्यासेज आउने गर्छन । इन्टरनेट चलाउने मध्य करिब २० प्रतिशत पुरुष पोर्न सम्बन्धी सामग्री हेर्दै अफिसको काम गरेका हुन्छन् भने १३ प्रतिशत महिलाले अफिको काम गर्दै लुकिछिपी पोर्न सम्बन्धी कुनै न कुनै सामग्री हेरिरहेका हुन्छन् ।
पोर्न फिल्मका कलाकारहरुले गरेको अभिनय, पटक पटकको क्लिीप्सहरु जोडेर एउटै बनाईएको हुन्छ, र उनीहरु अक्सर भियग्रा वा अन्य ड्रग्स प्रयोग गरी सुटिङ सुरु गर्छन ।