काठमाडौ / एमाले अध्यक्ष केपी शर्मा ओलीले केही शक्ति अहिले मुलुकको अस्तित्व नै समाप्त पार्ने खेलमा लागेको बताएका छन् । शनिबार काठमाडौमा भएको एक कार्यक्रममा अध्यक्ष ओलीले मुलुकको अस्तित्व समाप्त पार्न लागि पर्नेहरुको योजना सफल नहुने पनि बताए । भने‘ एमाले रहुन्जेल यस्ता षड्यन्त्र सफल हुन दिदैन ।’
फरक प्रशंगमा अध्यक्ष ओलीले अव हुने सबै तहको निर्वाचनमा आफनो पार्टी विजयी हुने दावी समेत गरे । उनले एमालेले जित्ने देखेपछि केही शक्ति निर्वाचनबाट डराएको आरोप लगाउदै अव निर्वाचनबाट उम्कने ठाउँ नरहेको पनि बताए ।
अध्यक्ष ओलीले मधेशी मोर्चाप्रति लक्षित गर्दै संविधान जारी हुन नदिने शक्ति निर्वाचन हुन नदिन पनि सक्रिय रहेको बताए । उनले राष्ट्र र जनताको हितका लागि पनि एमालेले निर्वाचन जित्नैपर्ने अवस्था आएको भन्दै अध्यक्ष ओलीले आफनो पार्टीको ठूलो दवावपछि मात्र सरकार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न बाध्य भएको टिप्पणी गरे ।
निर्वाचनमा एमालेविरुद्ध मोर्चाबन्दी हुनसक्ने भन्दै ओलीले मोर्चा बन्दी भएपनि एमालेलाई निर्वाचनमा विजयी हुनबाट कसैले छेक्न नसक्ने दावी गरे । एमालेलाई हात्तिको संज्ञा दिँदै ओलीले स्यालहरुले शिकार गर्नै नसक्ने उल्लेख गरे ।