धरान/उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ अस्वस्थ भएपछि उनलाइ आइतबार मध्ये राती अाइसियुमा भर्ना गरिएकाे छ । बिहिबारदेखि नै पुनको स्वास्थ्यमा समस्या देखिएकाे थियाे । अाइतबार राती समस्या जटिल भएपछि उनलाइ थापाथलीस्थित नर्भिक अस्पतालमा आईतराबार राति १० बजे भर्ना गरिएको अस्पताल श्राेते जनाएकाे छ ।
बिहिवारदेखि निवासमै उपचार उपराष्ट्रपतिलाई धेरै वान्ता हुने, रिंगाटा लाग्नेजस्ता स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई आइसियुमा भर्ना गरिएको छ । अहिले उनलाई केहि मात्रामा वान्ता कम भएको अस्पताल स्रोतले जनाएको छ ।
उपराष्ट्रपतिको नीजि चिकित्सक डा. शिवजी सिलवालले उनको रगतमा सोडिएमको मात्रा कम भएको बताएका छन् । अहिले स्वास्थ्यमा केही सुधार भएकाे बताइएकाे ।