काठमाडौं/ मलेशियाको जोमहरामा केही दिन अघि सम्पन्न एक सांस्कृतिक कार्यक्रममा ‘अश्लिल नृत्य’ प्रदर्शन गरेर विवादीत बनेकी नायीका रिया श्रेष्ठले उक्त घटनाबारे स्पष्टिकरण दिएकी छिन् ।

फेसबुक लाइभमा जवाफ दिने क्रममा उनले उक्त घटनाबारे स्पष्टिकरण दिएकी हुन् ।

‘मैले गलत गरेको होइन । ड्रेसअपको कारणले मान्छेहरुले त्यस्तो सोचे,’ उनले भनेकी छिन्,‘मैले बाहिर हिँड्दा पनि आउट अप ड्रेस नै हो । त्यो कार्यक्रम निकै सक्सेस भयो । ५ सय जनाले फोटो खिचे ।’

उनले उक्त सांस्कृतिक कार्यक्रममा भित्री वस्त्र नदेखाएको समेत दाबी गरेकी छिन् ।

‘भत्री वस्त्र बारे मैले बोलिहालेँ । भित्री वस्त्र भनेको पेन्टी र ब्रालाई भनिन्छ । मैले त्यो देखाएको होइन । मैले हाप पाइन्ट र माथि ब्लाउजर लगाएको हुँ ।

त्यो मैले देखाएको होइन,’ उनले भनेकी छिन्,‘तर, मान्छेको सेन्स भित्री वस्त्र देखायो भन्ने छ त्यो उनीहरुको एक दमै रङ थिङ्क हो । एक पटक फेरी पनि हेर्नुहोला । म नेपाली हुँ मलाई थाहा छ । नेपालीले कति इज्जत राख्नु पर्छ मलाई थाहा छ ।’

प्रत्यक्ष भिडियोमा एक युवाले ‘आज त पुरै खोल्नु पर्छ नी’ भन्दै प्रश्न गरेका थिए । जवाफमा उनले जवाफ दिएकी छिन् ‘खोल्नु पर्ने ठाउँमा खोलौँला कुन चाहीँ ठूलो कुरा भयो र ?’

[embed]https://youtu.be/86vSJXEhsqg[/embed]