थाेत्रा सवारी अाजबाट चलाउन नपाइने, चलाए जफत हुने
काठमाडौं / सरकारले २० बर्ष पुरानो सार्वजनिक सवारी साधन चलाउन बुधबार (आज)बाट निषेध गर्दैछ । थोत्रा गाडी वातावरण प्रदुषण वृद्धि एवं सडक दुर्घटनाको प्रमुख कारण बनेको भन्दै देशभरिबाटै हटाउन लागिएको हो ।
यातायात व्यवसायीले अटेर गरी २० बर्षे पुराना सवारी साधन सडकमा निकाले जफत गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका प्रवक्ता टोकराज पाण्डेले २० बर्ष नाघेका कालो नम्बर प्लेट (भाडा)का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो बुधबारदेखि स्वत अवैधानिक हुने बताएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































