बलीउडमा प्रेममा पर्नु र प्रेम सम्बन्ध टुट्नु खासै नौलो विषय होइन । अहिलेमात्र होइन २० औं सताब्दिको अन्त्यतिर अमिताभ बच्चन, धर्मेन्द्र, रेखा लगायत बलीउडका स्थापित सेलिब्रिटिहरुको समयमा पनि अनेकन प्रेम सम्बन्ध र विछोडका किस्साहरु अहिलेसम्म पनि चर्चाका विषय हुने गरेका छन् । पछिल्लो समय निकै सुस्त गतिमै भएपनि सफलताको सिढी उक्लिँदै गरेकी अनुष्का शर्माको प्रेम सम्बन्धका बारेमा बलीउडमा बेलाबेलामा चर्चा हुने गर्दछ । हाल विराट कोहलीसँग प्रेम सम्बन्धमा रहेकी अनुष्काका यसअघि पनि विभिन्न व्यक्तीहरुसँग प्रेम सम्बन्धमा रहिसकेकी छिन् ।
यी हुन अनुष्काका पूर्व प्रेमीहरु :-
१. जोयब युसूफः जोयव अनुष्का बलीउडमा प्रवेश गर्न संघर्ष गर्दैगर्दाको समयका प्रेमी हुन् । यी दुईको भेट मोडलिङ र्याम्पमा भएको थियो । त्यसपछि यो जोडी २ वर्षसम्म प्रेम सम्बन्धमा रहे । अनुष्का कचलचित्र उद्योगमा प्रवेश गरेपछि भने यी दुईबीचको सम्बन्ध पनि समाप्त भयो ।
२. रणवीर सिंहः हाल दिपिका पादुकोणसँग गहिरो प्रेम सम्बन्धमा रहेका रणवीर कपुर यसअघि अनुष्का शर्मासँग प्रेम सम्बन्धमा थिए । ‘बैण्ड बाजा और बारात’ मा पहिलोपटक काम गरेका रणवीर र अनुष्काबीच चलचित्रको छायांकनकै क्रममा प्रेम सम्बन्ध गाँसिएको थियो । तर उनीहरुबीचको कसम्बन्ध लामो समय भने टिक्न सकेन । अनुष्काले रणवीरको रंगीन स्वभावका कारण सम्बन्ध अघि बढ्न नसकेको बताउँदै आएकी छिन् ।
३. शाहिद कपुरः बलिउडका क्युट नायकका रुपमा चिनिने शाहिद कपुरसँग पनि अनुष्का शर्माको प्रेम चल्यो । ‘मेरे ब्रदरकी दुल्हन’ को सक्सेस पार्टीमा शाहिद र अनुष्का एकअर्कासँग निकै नजिकिएको देखियो । भारतीय संचारमाध्यमहरुले यी दुईबीच गहिरो प्रेम सम्बन्ध रहेको दावी गर्दै विभिन्न तथ्यहरु पनि प्रस्तुत गरेका थिए । तर समयसँगै यी कदुई पनि एक–अर्काबाट टाढिन पुगे ।
४. अर्जुन कपुरः अनुष्का शर्मा र अर्जुन कपुरबीच पनि प्रेम सम्बन्ध रहेको खबर पटक पटक सार्वजनिक भए । रेष्टुराँमा सँगै भेटिएका यो जोडी कहिले समुद्री किनारमा त कहिले बजारमा सँगै हात समातेर हिंडेको भेटिन थालेपछि यी दुईबीच प्रेम सम्बन्ध करहेको पुष्टि भएको थियो । तर यी दुईको प्रेम सम्बन्ध पनि लामो समय टिक्न सकेन ।
५. सुरेश रैनाः क्रिकेटर सुरेश रैनासँग पनि अनुष्काको प्रेम रहिसकेको छ । आफ्ना क्रिकेटर दाई मार्फत रैनासँग अनुष्काको चिनाजानी भएको थियो । उनीहरुबीचको चिनाजानी पछि प्रेम सम्बन्धमा परिणत भएको थियो । तर यी दुईबीच पनि केही समयको सम्बन्धपछि ब्रेकअप भएको थियो । अनुष्का हाल क्रिकेटर विराट कोहलीसँग प्रेम सम्बन्धमा छिन् । यी दुईबीच बेलाबेलामा ब्रेकअपको हल्ला चल्ने गरेको भएपनि हालसम्म भने सँगै छन् ।
६. रणवीर कपुरः अनुष्का कुनैबेला बलीउडका चकलेटी हिरो रणवीर कपुरसँग पनि प्रेम सम्बन्धमा थिइन । अनुष्का र रणवीरको पहिलो भेट करण जोहरले आयोजना गरेको पार्टीमा भएको थियो । त्यसपछि उनीहरु सँगै घुमेको र समय बिताएको भेटिएको थियो । यी दुईबीचको सम्बन्ध पनि धेरै समय गाढा रहन सकेन ।