धरान/शनिबार सुन्दर पर्यटकीय तथा फ़ेशनेबल सहर पोखरा सेलीब्रेटी मोडल ,नायक ,नायिकाहरुले भरिएका थिए । चर्चित फेशन डिजाइनर उत्तम कुमार श्रेष्ठ बनेपालीले सनिबारबाट काठमाडौँ र हेटौडा पछि आफ्नो तेस्रो फेशन इन्स्टीच्युट सेन्ट्रल फेसन हव पोखरामा खोलेका छन् । प्रमुख अथिति उधोग बाणिज्य संघ ,पोखराका अध्यक्ष बिस्वशंकर पलिखे र मिस नेपाल अस्मि श्रेष्ठ , अभिनेत्री दीपाश्री निरौला लगायतका सेलिब्रेटीहरुले फेसन हवको औपचारिक रुपमा रिबन काटेर उद्घाटन गरेका थिए । पोखरामा सेन्ट्रल फेसन हवको उद्घाटनको अवसरपारि सेन्ट्रल फेसन हव पोखरा र सिल्भर इन्टरटेन्मेंटले संयुतm आयोजनामा बायो व्हिस्की र बायो भोड्काको मुख्य प्रयोजनमा  फेशन ट्रेन्ड्स २०१७ पोखरा स्थानीय ग्रान्ड होटेल मा भब्य रुपमा सम्पन्न गरेकाे छ ।