धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति पदमा प्रतिष्ठानकै डा राजकुमार रौनियार नियुक्त भएका छन् ।
केही दिनअघि नै मन्त्रिपरिषद् बैठकले रौनियारलाई उपकुलपतिमा नियुक्त गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । उपकुलपतिमा नियुक्त भएका डा रौनियारले आपूmलाई सरकारले उपकुलपतिमा नियुक्त गरेको जानकारी दिएको बताए । उनले सरकारले दिएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने र प्रतिष्ठानलाई सुविधा सम्पन्न बनाएर सर्वसाधारणलाई सहज सुविधा दिन आपूm सक्रिय हुने बताए ।
रौनियार प्रतिष्ठानका सिनियर प्राध्यापक हुन् । लामो समयदेखि रेडियोलोजी विभागको विभागीय प्रमुख भएर काम गरि सकेका छन् । प्रतिष्ठानलाई छुट्टै विश्वविदालय बनाउन आफु लागि पर्ने बताएका छन् ।
बीपी प्रतिष्ठानका उपकुलपतिमा प्राडा रौनियार नियुक्त
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































