तालतलैया (सुनसरी)/पर्यटकीय क्षेत्र तालतलैया क्षेत्रका राखीएको चराचुरुङ्गीमा वर्डफ्यु भेटिएको छ । तालतलैयाको चिडिया घरमा राखिएका पंक्षिमा वर्डफ्लु भेटिए सगै विशेष सर्तकताको साथत्यस क्षेत्रमा पर्यकटहरुलाई समेत प्रवेशमा निशेष लगाईएको छ । [caption id="attachment_33085" align="alignleft" width="300"] तस्बिरः कान्तिपुरबाट साभार[/caption]   गत १९ गते देखि चिडियाघरमा पालेको चराचुरुङ्गी मर्ने थाले पछि पंक्षी परिक्षणको लागी क्षेत्रीय प्रयोगशाला विराटनगर र केन्द्रिय प्रयोगशालामा मरेको पंक्षिको परिक्षणबाट वर्डफ्लु प्रमाणीत भएको हो । केन्द्रिय पशुरोग अन्वेशन प्रयोग शालालेले वर्डफ्युको पुष्टि गरेको जिल्ला पशु कार्यलय सुनसरीका प्रमुख शिवनारायण महतोले वताए । उनले तालतलैया क्षेत्रका चराहरुमा उच्च वर्डफ्यु भेटिएको छ । मानिसमा सर्ने सक्ने भन्दै चियाघर बन्द गरिएको छ । मरेका पंक्षिलाई सुरिक्षत रुपमा गाड्ने काम भइरहेको पशु कार्यलय सुनसरीले जनाएको छ । केहि दिन यता लगातार चरा मर्न थालेपछि वर्डफ्लुको आशंकामा बाल उद्यान बन्द गरिएको थियो । संरक्षण समितिले चरा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालय मार्फत मरेका पंक्षिलाई परिक्षणका फागुन १९ गते क्षेत्रीय र केन्द्रिय प्रयोगशाला पठाएको जनाएको छ । तालतलैया क्षेत्रमा विभिन्न पक्षी तथा चराहरु आउँने भएको कारण पर्यटकहरुलाई समेत त्यस क्षेत्रमा रोक लगाउँन भनेको छौ पशु कार्यलयका प्रमुख महतोले ब्लाष्ट सँग कुरा गदै भने । तालतलैयाको टर्की, मयूर, हुचिल, राजहास, चरि बाघ, बन विरालो, गिनी पिग मरेका छन् । दैनिक ५ सयले अवलोकन गर्ने पार्क अहिले बन्द गरेर चुना र किटनाशक औषधि छर्कने काम भइरहेको छ । चिडिया घरमा दुर्लभ पंक्षि समेत २२ प्रजातिका पंक्षि संरक्षण गरेर राखिएका तालतलैया संरक्षण समितिका वालकृष्ण विष्टले वताए । उनले भने हामीले अहिले पर्यटकिय क्षेत्रमा विशेष निगरानी वढाएका छौ ।