कञ्चनपुर/भारतीय सीमा सुरक्षा बल (एसएसबी) गोली लागेर मृत्यु भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमको आइतबार शवयात्रा निकालिएको छ ।
शवयात्रामा हजारौंको संख्यामा नागरिकहरु सहभागी छन् । गृहनगर पुनर्वास नगरपालिका हुँदै कञ्चनपुरको दोदा नदी किनारमा पेगेर उनको अन्त्येष्टी गरिने भएको छ ।
पुनर्वास नगरपालिकाको आनन्दबजारको नेपाल–भारत सीमा क्षेत्रमा कलभर्ट निर्माणको विषयमा विवाद हु“दा एसएसबीको गोली लागेर उनको बिहीबार मृत्यु भएको थियो । उनलाई सरकारले शहीद घोषणा गरेको छ ।
पुनर्वास नगरपालिकाको आइबीआरडीमा अन्तिम श्रद्धाञ्जली दिएपछि ६५ विगास्थित दोदा नदी किनारमा र्पुयाइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । त्यहा“ नेपाल प्रहरीले ११ तोपको सलामी दिने कार्यक्रम छ ।