कञ्चनपुर / भारतीय सीमा सुरक्षा बलबाट हत्या गरिएका कञ्चनपुरका गोविन्द गौतमका बुवा–आमाले छोराको हत्यापछि नाति नातिनीको बिचल्ली हुने भन्दै गुनासो गरेका छन् ।

लोकान्तरसँग कुरागर्दै गौतमका आमाले भनिन्, ‘सुकुम्बासी बस्तीमा घरको थापना मात्र छ, देशको लागि लडदा लडदै शहीद भयो, नाती नातिनाको बिचल्ली हुने भयो ।’

गौतमका बुवाले आफूहरु सुकुम्बासी भएको र आज खाए भोलिका लागि के खाउ भन्ने अबस्था रहेको बताए ।

‘हाम्रो जमिन छैन, छोरो शहीद भयो, छोराछोरी कसरी पाल्ने ? दम्पत्ति पाल्ने ?’ गौतमकी शोकाकुल श्रीमतीले भनिन्, ‘घरको जगमात्र राखेर जानु भएको छ, अब त्यो घर कसरी बनाउने रु बच्चा कसरी पाल्ने ?’

कञ्चनपुरमा कल्भर्ट बनाउने विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाएको थियो । गोली लागेर कञ्चनपुर पुनर्वासका गौतमको निधन भएको थियो ।

उनको आज अन्तयेष्टि हुँदैछ । सरकारले शहीद घोषणा गरेसँगै उनको परिवारलाई १० लाख दिने घोषणा गरेको छ । त्यस्तै उनको अन्त्येष्टिमा ११ तोपको सलामी दिइने जनाइएको छ ।