काठमाडौं / आपूर्ति मन्त्री दिपक बोहोराले सरकारले बाध्य भएर एलपी ग्याँसको मूल्य बढाउनु परेको बताएका छन् ।
मन्त्री बोहोराले सरकारले प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि गर्दा पनि महिनामा ५३ करोड घाटा व्यहोर्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पारे । सरकारले शुक्रबार राति खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएकोमा सर्वत्र बिरोध भईरहेको छ ।मन्त्री बोहोराले प्रतिसिलिन्डर एलपी ग्याँसको मूल्य २५ रुपैयाँ बढाउँदा पनि सरकारले महिनामा ५३ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अवस्था रहेको बुझिदिन अधिकारकर्मीहरुलाई पनि आग्रह गरे ।
आपूर्ति मन्त्रालयले अहिले पनि एलपी ग्यासमा प्रतिसिलिन्डर ३ सय ५ रुपैयाँ घाटा व्यहोर्नु परेको जनाएको छ ।
अन्तराष्ट्रिय बजार अनुसार मूल्य समायोजना गरेर अघि बढनुको कुनै विकल्प नरहेको सरकारको दावी छ ।
यता अधिकारकर्मीहरुले भने नेपाल आयल निगम भित्र वित्तिय अनुशासन कायम नभएका कारण उपभोक्ता चर्को मारमा पर्ने गरेको आरोप लगाउँदै आएका छन । पछिल्लो समय राजधानीमा पेट्रोलियम पदार्थको समेत अभाव देखिएको छ ।
निगमसँग पर्याप्त भण्डारण नभएको बुझेका उपभोक्ताले आफैं इन्धानको जोहो गर्न लागेका कारण बजारमा इन्धन अभाव भएको आयल निगमको बुझाई छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढेको भन्दै निगमले प्रति सिलिण्डर २५ रुपैयाँ बढाएर १३ सय ७५ रुपैयाँ पु¥याएको छ ।