काठमाडौं/थरुहट आन्दोलनको क्रममा डेढ वर्षअघि कैलालीको टीकापुरमा भएको हत्याकाण्डका मृतक मध्येका एक परिवार नेकपा एमालेमा प्रवेश गरेको छ ।

जारी मेचीकाली अभियानका क्रममा एमालेले बुधबार टीकापुरमा गरेको आमसभाका क्रममा टीकापुरमा घटनामा मारिएका प्रहरी हवल्दार ललित साउदको बुबा टेकबहादुर साउद र हजुरबुबा जंगबहादुर साउद एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले वरिष्ठ नेता माधव नेपाललगायतले पार्टीमा स्वागत गरेका थिए । टीकापुर घटनामा ललितका २ वर्षीय छोराको समेत ज्यान गएको भने एसएसपी लक्ष्मण न्यौपानेसहित अरु ६ जना प्रहरीको पनि मृत्यु भएको थियो