धरान/धरान–१६ की १३ वर्षीया अनुषा राई शंकास्पद मृत्युमा जोडिएका बलिमान राईलाई स्वर्गीक मार्ग संघ नेपाल सुनसरीले निलम्बित गरेको छ । [caption id="attachment_34666" align="alignnone" width="700"] तस्बिरः भाेजराज श्रेष्ठ[/caption] जिल्ला अध्यक्षसमेत रहेका राईलाई फागुन १९ गते नै कुनै पनि पदमा नरहने गरी निलम्बित गरेको संघले बुधबार पत्रकार सम्मेलन गरी जनाएको छ । प्रेमवाद आफै पनि न्यायको पर्यायवाची रहेकाले निस्पक्ष छानविन गरी पीडितलाई न्याय दिलाउन जोडदार माग गरिएको सचिव मालती राईले बताइन् । उनले स्वर्गीक मार्गले लिएको न्यायिक आन भूमिका र निस्पक्षतालाई गलत व्याख्या नर्गनको लागि सञ्चारकर्मीसामू आग्रह गरेको छ । संघको दर्शन र विधान विपरीत कार्यमा विवास्पद बनकोले आरोपित राईलाई कुनै पनि पद र जिम्ेवारी नहरने गरी निलम्बित गरिएको उनले बताइन् । संघले पनि चाडो भन्दा चाडो छानविन गरी पीडितलाई न्याय र दोषीलाई कडा भन्दा कडा कारबाही हुनु पर्ने उपाध्यक्ष चन्द्रबहादुर राईले माग गरे । फागुन १७ गते किशाेरीकाे विष सेवन गरी शंकास्पद मृत्यु भएकाे थियाे । बलिमानले ८ वर्ष अघिबाट धर्मपुत्रीकाे रूपमा पाल्दै अाएका थिए ।