तेह्रथुम/ छथर गाउपालिकाको केन्द्र शुक्रबारे बजारमा डम्पिङ साइट नहुँदा फोहोर व्यवस्थापनमा समस्या भएको छ । बढ्दो बजारीकरणसँगै सवारी साधनको चाप बढेपछि बजार क्षेत्रमा फोहोर व्यवस्थापनमा गाउँपालिकालाई समस्या भएको हो ।
बजार क्षेत्रमा दैनिक जम्मा हुने फोहोर प्mयाँक्ने डम्पिङ साइट नहुँदा बजार क्षेत्र समेत दुर्गन्धित हुन थालेको शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण सुब्बाले बताए ।
करीब ४ सय घर रहेको बजार क्षेत्रमा उत्पन्न फोहोर व्यवस्थापनका लागि कुनै योजना समेत बनाइएको छैन । छथर गाउ“पालिकाको केन्द्र बजार क्षेत्रमा बस्ती बढिरहेकाले भविष्यमा समेत फोहोर व्यवस्थापनमा समस्या हुनसक्ने स्थानीयको भनाइ छ । छथर गाउ“पालिकामा ६ गाविस समेटिएका छन् ।
बजार क्षेत्रको बिस्तारसँगै फोहोरको मात्रा बढेपनि सरोकारवालाले फोहोर व्यवस्थापनमा चासो नदेखाएको स्थानीयको आरोप छ ।