भक्तपुर/बसबाट खसेको एक किशोरको उपचारको क्रममा आज मृत्यु भएको छ।
चाँगुनारायण नगरपालिका– ४ पिखेल बस्ने १३ वर्षका रुपेश बराइलीको न्युरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।
गत चैत १ गते बिहान चाँगुनारायणबाट रत्नपार्क जाने बा ४ ख ७१७१ नम्बरको बसमा आएका बराइली झुन्डिएर यात्रा गर्ने क्रममा बसबाट खसेर घाइते भएका थिए। मध्यपुर अस्पतालमा उपचार हुन नसकी न्युरो अस्पतालमा पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो। गुडिरहेको बसबाट खसेका १३ वर्षीय किशोरको मृत्यु
भक्तपुर/बसबाट खसेको एक किशोरको उपचारको क्रममा आज मृत्यु भएको छ।
चाँगुनारायण नगरपालिका– ४ पिखेल बस्ने १३ वर्षका रुपेश बराइलीको न्युरो अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।
गत चैत १ गते बिहान चाँगुनारायणबाट रत्नपार्क जाने बा ४ ख ७१७१ नम्बरको बसमा आएका बराइली झुन्डिएर यात्रा गर्ने क्रममा बसबाट खसेर घाइते भएका थिए। मध्यपुर अस्पतालमा उपचार हुन नसकी न्युरो अस्पतालमा पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।