धरान/सरकारले लाईसेन्सप्राप्त ब्यक्तिका हतियार फिर्ता लिने भएको छ । कानून बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेका बन्दुक, पेस्तोल जस्ता हातहतियार फिर्ता गर्न बिहिबार नै गृह मन्त्रालयले सबैलाई आग्रह गरि सकेको छ ।
सरकारले निर्वाचन अबधिभर जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा हतियार बुझाउन निर्देशन दिएको छ ।निर्वाचन अवधिभर कुनै पनि व्यक्तिलाई लाइसेन्सप्राप्त हतियारसमेत राख्न नदिने भएको भन्दै सरकारले सुचना जारी गरेको हो ।
अब कुनै व्यक्तिले अनुमति लिएर हातहतियार राखेको भए सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा बुझाउनुपर्ने छ ।कानून बमोजिम अनुमति प्राप्त गरेका व्यक्तिका नाममा रहेका बन्दुक, पेस्तोल जस्ता हातहतियार निर्वाचन अबधिभर जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउनुपर्ने छ ।
सरकारको तथ्याङकमा नविकरण गरेका करिब १२ हतियारहरु जनतासँग छन् ।