धरान/निर्बाचन आयोगले शनिबारबाट मतपत्र छाप्ने भएको छ । आगामी स्थानीय चुनावमा प्रयोग गरिने मतपत्र टुंगो लागेपछि आयोगले आगामी शनिबारदेखि छपाई सुरु गर्न लागेको हो । मतपत्र सेतो कागजमा रातो प्रिन्ट हुने डिजाइन फाइनल भएको श्रोतको भनाई छ । आयोग स्रोत भन्छ, ‘जस्तो मनाङमा ७ वटा दल दर्ता भएको छ । त्यहाँ ४र५ स्वतन्त्र उम्मेदवार हुनसक्छ भन्ने अनुमानका आधारमा मतपत्र बनाइएको छ ।’ कस्तो हुनेछ मत पत्र ? आयोगको निर्णय अनुसार मेयर र उपमेयर तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका साथै वडा अध्यक्ष र सदस्यहरु छनोटका लागि एउटै मत पत्र हुनेछ । मतपत्रमा सात वटा ठाडो लाइन तानिएको हुनेछ । जसको तर्सो लाइनमा क्रमशः मेयररअध्यक्ष, उपमेयररउपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र अन्य (दुई सदस्य) लेखिएको हुनेछ भने ठाडो लाइनमा दलहरुको चुनाव चिन्ह हुने निर्वाचन आयोग स्रोतले जनाएको छ । पछिल्लो संविधानसभा चुनावको समानुपातिकतर्फ पाएको मतका आधारमा क्रमसंख्या निर्धारण गरिएको छ । पहिलो नम्बरमा कांग्रेसको चुनाव चिन्ह रुख छ भने दोस्रोमा एमालेको सूर्य र तेस्रोमा माओवादीको हरिया गोलाकारभित्र हथौडा छ ।निर्वाचन आयोगले मतपत्र छपाईको जिम्मा जनक शिक्षा समाग्री केन्द्रलाई दिइसकेको छ ।