धरान/कञ्चनपुरमा मारिएका गोविन्द गौतमलाई लागेको गोली भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै भएको देखाएको प्रमाण फेला परेको छ ।

गृह मन्त्रालय श्रोतले दिएको जानकारी अनुसार गौतमको शरिरमा भेटिएको गोली नेपालका कुनैपनि सुरक्षा निकायमा हतियारमा फिट नहुने भएकाले भारतीय सिमा सुरक्षा बल एसएसबीकै गोली भएको ल्याब परिक्षणबाट देखिएको छ ।

भारतीय पक्षले आफुहरुले गोली नचलाएको दाबि गर्दै आएको थियो । यो रिपोर्ट गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत काठमाडौंस्थित भारतीय दूताबासलाई दिएको छ । नेपाल प्रहरीको फरेन्सिक बिभागले बिहिबार गृहमन्त्रालयलाई रिपोर्ट बुझाएको बुझिएको छ ।भारतीय हस्तक्षेपविरुद्ध उत्रिएका नेपालीहरुमाथि फागुन २६ मा एसएसबीले चलाएको गोली लागेर गौतमको निधन भएको थियो ।

यसबारे नेपाल सरकारका उच्च अधिकारीहरुले भारतीय पक्षलाई पटकपटक ध्यानाकर्षण गराएका छन् । तर, भारतले यसबारे छानविन गर्ने भन्दै फरेन्सिक रिपोर्ट दिन माग गर्दै आएको थियो ।