धरान/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कञ्चनपुर घटनाका दोषिलाई कारबाही गर्ने आश्वासन दिएका छन् । शुक्रबार उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीसँग भएको भेटमा मोदीले कारबाही गर्ने आश्वासन दिएका हन् ।
मोेदीको सरकारी निवास लोक कल्याण मार्गमा भएको भेटवार्तामा गृहमन्त्री निधीले कञ्चनपुर घटनाबारे कुरा उठाएका थिए । जवाफमा भारतीय प्रधानमन्त्री मोदीले कञ्चनपुर घटनाका विषयमा आफूले विदेशमन्त्री, गृहमन्त्री र सुरक्षा सल्लाहकारसँग छलफल गरिसेको बताएको निधीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिएका छन् ।
भेटमा गृहमन्त्री निधीले नेपालमा आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि भारतले ‘लजिस्टिक सपोर्ट’ गर्न आग्रह गरे । मोदीले निर्वाचनका लागि आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको पनि आश्वासन दिएका छन् ।