संखुवासभा / संखुवासभाको रामेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापति रमेश घोङ्वा जिमिको चट्याङ लागि निधन भएको छ । घरमा नै बसि रहेको  बेला दिउँसो एक्कसी परेको हावाहुरी र पानी सहित परेको  चट्याङबाट घोङ्वाको मृत्यु भएको हो ।
फागुन १८ गते सम्पन्न स्ववियु चुनावबाट सभापती भएका वि एड पहिलो बर्षमा अध्ययनर २० बर्षिय घोङ्वाको उपचार गर्न धरान लैजाने क्रममा मृत्यु भएको हो ।