इटहरी/ इटहरी नमूना कलेजका विद्यार्थीको आयोजनामा इटहरीमा पूर्वाञ्चलस्तरीय दुई दिने युवा सम्मेलन शुरु भएको छ । कलेजस्थित स्नातक तहको सामाजिक कार्य शिक्षा सङ्कायको आयोजनामा सम्मेलन आयोजना गरिएको हो ।
युवा सम्मेलनमा सामाजिक अभियन्ता डा. महावीर पुनले देश निर्माणका लागि सिर्जनशील युवा जनशक्ति अपरिहार्य रहेको बताए । आर्थिक लगानीसँगै युवा शक्तिलाई परिचालन गर्न सके मुलुकमा विकास हुने उनको भनाइ थियो । म्यागासेसे पुरस्कार विजेता डा. पुनले आपूm २५ वर्षसम्म सामाजिक सेवामा क्रियाशील रहँदै आएको पनि स्मरण गराए । तर, यस अवधिमा राज्यले आपूmले गरेको त्यागका विषयमा चासो नदेखाएको बताउँदै राज्य जनताप्रति बफादार हुन नसकेको बताए । त्यसको लागि पनि युवा शक्ति जुर्मुराएर उठ्नु पर्ने उनको जोड थियो ।
नमूना कलेजका अध्यक्ष केशव खड्काको अध्यक्षतामा भएको सम्मेलनमा नेपाली काङ्ग्रेस सुनसरीका सभापति राजीव कोइराला, इटहरी उपमहानगरका नेका सभापति हेमकर्ण पौडेल, एमाले उपमहानगरका अध्यक्ष रेवती घिमिरे, इलाका प्रहरी कार्यालयका डिएसपी नरेशराज सुवेदी लगायतले आफ्ना भनाइ राखेका थिए । युवा सम्मेलनमा ७ सयभन्दा बढी युवाको सहभागिता रहेको आयोजकले जनाएको छ । सम्मेलन बुधबारसम्म सञ्चालन हुनेछ भने सम्मेलनले युवा सञ्जाल समेत निर्माण गर्ने नमूना कलेजका प्राचार्य धर्म न्यौपानेले जानकारी दिए ।