वैदेशिक रोजगार विभागको ईपीएस शाखाले अनलाइन फारम भर्ने प्रणाली सुरु गरेको छ । इन्टरनेट चलाउन जान्नुहुन्छ र इन्टरनेट सेवाको पहुँचमा हुनुहुन्छ भने तपाईँ आफैंले पनि सहजै रूपमा फारम भर्न सक्नुहुन्छ ।

अावेदन फारम भाेलि चैत्र ९ गतेबाट खुल्ने छ । विगतका समयमा फारम भर्नका लागि परीक्षार्थीलाई राती देखि नै भाेकभाेकै समेत लाइनमा बस्नुपर्ने बाध्यता रहेकाे थियो । यो वर्षदेखि अनलाईन फारम भर्ने प्रणली शुरु भएपछि धेरै सहज हुने अपेक्षा गरिएको छ । घर वा कार्यालय जुनसुकै ठाउँबाट पनि इपियस परीक्षाको फारम भर्न सकिने भएको छ ।

भोलिदेखि आवेदन खुलेपछि अनलाइन फारम भर्न www.eoers.epsnepal.gov.np लगइन गर्नुपर्छ । यो साइटमा गएर मागिएका बिवरणहरु भरेपछि परीक्षार्थीको इमेलमा प्रवेशपत्र आउँनेछ । उक्त प्रबेशपत्रलाई रङ्गीन प्रिन्ट गरेर परीक्षा दिन जाँदा सक्कली एमआरपीसँगै लैजानुपर्ने हुन्छ ।

यस्ता छन अनलाइन फारम भर्दाका सर्तहरु

  • एपियस परीक्षाका लागि अनलाइन आवेदन फारम भर्दा केही नियमहरु बनाईको छ । ती नियम र सर्तहरु भने अनिवार्य रुपमा पालना गर्नुपर्ने हुन्छ अन्यथा तपाईको फारक रद्ध पनि हुन सक्नेछ ।
  • ईपीएस शाखाले तोकेको ग्लोबल आईएमई बैङ्कको शाखामा आवेदन शुल्क बुझाउने । बैङ्कले पैसा जम्मा गरेको कोड दिन्छ । यो कोड अनलाइन फारम भर्दा आवश्यक पर्छ ।
  • एमआरपी (मेसिन रिडेबल पासपोर्ट) अनिवार्य छ ।
  • एकजना व्यक्तिले एउटै मात्र क्षेत्रमा आवेदन दिनुपर्ने ।
  • उत्पादनमूलक क्षेत्रमा फारम भरेकाले तीनवटा उपक्षेत्र छान्न पाउनेछन् । कृषिमा फारम भरेकाले भने दुईवटा उपक्षेत्र छान्न पाउने ब्यवस्थन रहेको छ ।

सन् २०१८ मा उत्पादनको क्षेत्र र कृषिमा गरी १० हजार २ सय नेपाली कामदार कोरिया जाँदैछन् । उत्पादनमूलक क्षेत्रमा ४ हजार र कृषिको क्षेत्रमा ६ हजार नेपाली कामदार लैजाने जनाइएकाे छ । यित ठूलाे सङ्ख्यामा काेरियाले नेपाली कामदार लैजान लागेकाे पहिलाे पटक हाे । ईपीएस परीक्षा आगामी २०७४ जेठ २७ र २८ गते हुँदैछ । परीक्षा केन्द्र र समय भने जेठ १९ गते सार्वजनिक गरिने कुरा ईपीएस कोरिया शाखाले जनाएको छ । पछिल्लाे समय अान्दानीका हिसाबले काेरीमा राम्राे कमाइ हुने भएकाले बैदेशिक राेजगारीका लागि काेरिया नेपाली युवाहरूकाे पहिलाे राेजाइ हुने गरेकाे छ ।

भिडियाेमा हेर्नुहाेस् फारम भर्ने तरीका