धरान/गत शुक्रबार धरानको भानुचौक नजिकैको कुसुम बजार अघिल्तिर मृत भेटिएकी पहिचान नखुलेको महिलाको नाम मात्रै खुलेको छ ।
उनको हातमा हानेको ट्याटु अनुसार उनको नाम गीता भन्ने खुलेको छ । तर, अन्य पहिचान अझै नखुलेको प्रहरी बताउछ । प्रहरीले उनको ठाउँ, ठेगाना पत्ता लगाउने प्रयास जारी राखेको बताएको छ ।
र, आफ्ना मातहतका निकायहरुमा सर्कुलेसनसमेत गरिसकेको छ । तर, पनि अझै ती महिला कताबाट आइन् ? को हुन् ? कहाँकी हुन ? भन्ने हालसम्म रहस्यको गर्भ मै छ ।
प्रहरीले स्थानीयवासीहरुस“ग बुझ्ने काम त्यस दिन पनि गरेको थियो । तर, त्यहाँकाबासीहरुले पहिलो पटक ती महिलालाई देखेको बताएका थिए । र, प्रत्यक्षदर्शी पशुपति तामाङले पनि उक्त महिला पहिलो पटक देखिएकी थिइन् ।
बिहानसम्म राम्ररी नै हिडडुल गरेकी उनी कुसुम बजारको पेटीमा बसेपछि त्यही नै प्राण त्यागेकी थिइन् । शुक्रबार बिहान करिव सवा ८ बजेतिर ती महिला मृत भेटिएकी थिइन् । आर्यन समूदाय झै लाग्ने ती महिलाको पहिचान नखुल्दा प्रहरीलाई तनाव उत्पन्न भएको छ ।
अहिले पनि ती महिलाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । पहिचान नखुलेका कारण पनि प्रहरीको लागि टाउको दुखाईको विषय बनेको हो ।
वेवारिसे अवस्थामै रही रहेमा धरान उमहानगरपालिकाले प्रक्रिया पु¥याएर शवलाई व्यवस्थापन गर्ने डिएसपी खतिवडाले बताए ।