धरान /स्थानिय निकायको निर्बाचनकालागि भन्दै नेपाल प्रहरीले ७५ हजार म्यादी प्रहरीकालागि भर्ना खोलेको छ ।प्रहरी प्रधान कार्यालयले बिहिबार बिज्ञापन प्रकाशीत गर्दै म्यादी प्रहरीको माग गरेको हो ।
प्रहरी प्रधान कार्यालयले बिहिबार एक विज्ञापन प्रकाशित गरी यही चैत ११ गतेदेखि १७ गतेभित्र उपत्यकाका तीन ओटै प्रहरी परीसर तथा उपत्यकाबाहिरको हकमा सबै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त बुझाउन सकिने जनाएको छ । म्यादी प्रहरी हुनको लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ भने नेपाली नागरिक, राजनीतिक दलको सदस्य नरहेको, साधारण लेखपढ गर्न जान्ने र फैजदारी अभियोग नलागेको हुनुपर्नेछ । म्यादी प्रहरीको कार्यावधि ५५ दिनको हुनेछ भने तलब भत्ता प्रहरी जवानले सरहको हुनेछ । निर्बाचनको सुरक्षामा मद्धतकालागि भन्दै प्रहरीले म्यादी प्रहरी माग गरेको हो ।
हेर्नुहाेस बिज्ञापन