ठमेलको फोहोरमा वेवारिसे खोका
काठमाडौं/काठमाडौंस्थित ठमेल परिषरमा राखिएको फोहोरको थुप्रोमा वेवारिसे गोलीहरु फेला परेको छ ।
अमृत साइन्स क्याम्पसबाट ज्याठा जाने बाटोमा राखिएको फोहोरको थुप्रोमा १९ राउण्ड वेवारिसे गोली फेला परेको हो । दरवारमार्ग बृतका इन्स्पेक्टर लक्ष्मण सिंहका अनुसार सडक बालवालिकाले फोहोरको थुप्रो भेटिएको प्लाष्टिकको प्याकेट खेलाउने क्रममा गोली भेटिएको हो ।
प्याकेटमा भेटिएको १९ राउण्ड गोली ६.५ क्यालिभरको भए पनि कुन हतियारमा लाग्ने खाल भन्ने परीक्षण पछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।






























