अाजकाे राशिफल
वि.सं. २०७३ साल चैत १६ गते। बुधवार। इश्वी सन् २०१७ मार्च २९ तारिख। नेपाल संवत् ११३७ चौलाथ्व। चैत्र शुक्लपक्ष। तिथि– प्रतिपदा, ७:०२ बजेदेखि द्वितीया २९:०३ बजेउप्रान्त तृतीया।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। तापनि बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। मध्याह्नदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। तर चिताएका काममा केही अवरोध आउनेछन्। खानपानको असन्तुलनले स्वास्थ्यमा पनि समस्या आउन सक्छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। कामबाट सामान्य लाभ मिल्नेछ। विभिन्न स्रोतबाट रकम हातलागी हुनेछ। तर, ऋणभार भने बढ्ने सम्भावना छ। मध्याह्नदेखि र्इर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च बढाउन सक्छ। आलस्य गर्दा काम बीचैमा रोकिन सक्छ। अर्थ संग्रहमा बाधा पुग्नेछ। तापनि लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आफ्नै बेहोसीले काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। व्यापारमा लाभांश कममात्र मिल्नेछ। नयाँ योजनामा समय पर्खनुहोला। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ भने आम्दानी बढ्ने काम प्रारम्भ गर्ने मौका छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने मनग्य धन आर्जन गर्न सकिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अरूका काममा समय खर्चनुपरे पनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि धेरैले साथ दिनेछन्। जिम्मेवारी समेत हात पार्ने मौका छ। कीर्तिमानी काम सुरु गर्ने समय छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। प्रतिष्ठित काम गरेर आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
काम बिग्रने भयले सताउनेछ। शरीरमा केही कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। मध्याह्नदेखि केही अवसर प्राप्त भए पनि जिम्मेवारी भने बढिरहनेछन्। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। सामाजिक उत्तरदायित्व हातलाग्न सक्छ। परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
भौतिक साधनमा लगानी परे पनि मिहिनेत गर्दा दिगो फाइदा जुट्नेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। संघर्षपश्चात् अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। तर, अरूका विषयमा चासो लिने बानीले समस्या निम्त्याउला। आफ्ना सूचना बाहिरिनाले दु:ख पाइनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ। हल्लाको भर पर्दा दु:ख पाइनेछ भने मेहनत गर्दा बिस्तारै प्रगति हुनेछ। मध्याह्नदेखि विघ्नबाधाहरू हट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्नुहोला। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग हुन सक्छ। मध्याह्नदेखि स्वास्थ्यको चिन्ताले सताउन सक्छ। अध्ययनमा समय दिन नसक्दा पछि परिनेछ। बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउला। अवसर आए पनि काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम बन्नेछन्। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। मध्याह्नदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। आफन्तहरू टाढिन सक्छन्। चिताएको काम बिग्रने डरले सताउनेछ। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बेलैमा होस नपुग्नाले केही समस्या आइपर्न सक्छ। चिताएको काम रोकिने सम्भावना देखिन्छ। आम्दानी पनि तत्काल हातलागी नहुन सक्छ। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ भने रोकिएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ। सहयोगीहरूले मनग्गे फाइदा दिलाउनेछन्। पछिल्लो समय रमाइलो हुनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
मिहिनेत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। तर, मध्याह्नदेखि परिस्थिति कमजोर रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। अरूको विषयमा चासो लिँदा समस्या उत्पन्न हुनेछ। (नेपाली पात्रो)